close

अपाङ्गता भएकाहरूलाई सघाउन ह्याकाथनबाट नेपाली युवाले बनाए एआई टुल

टेकपाना टेकपाना

मंसिर ११, २०८२ १०:५४

अपाङ्गता भएकाहरूलाई सघाउन ह्याकाथनबाट नेपाली युवाले बनाए एआई टुल

काठमाडौँ । नेपालमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै राष्ट्रियस्तरको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ह्याकाथन ‘सनफ्लावर स्पेक्ट्रम प्रिजेन्ट्स एआईडीए २०२५’ (AIDA 2025) सम्पन्न भएको छ । समावेशी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतीक इनोभेसन्सको आयोजना तथा आरएक्सपिन (RxPIN) को ‘सनफ्लावर स्पेक्ट्रम’ को सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो ।

१५ नोभेम्बरमा आयोजित ग्रान्ड फिनालेमा ‘थिङ्क एआई’ (Think AI) समूहले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा ‘मिसन चौरासी’ ले ३० हजार रुपैयाँसहित ‘फर्स्ट रनरअप’ र ‘एक्सेस कोड’ ले २० हजार रुपैयाँसहित ‘सेकेन्ड रनरअप’ को उपाधि जितेका छन् । त्यस्तै, ‘टिम सिनेप्टिक’ ले आफ्नो अग्रगामी सहायक एआई समाधानका लागि ‘बेस्ट इनोभेसन अवार्ड’ हात पारेको छ ।

आयोजकका अनुसार देशभरबाट प्राप्त ३० भन्दा बढी आवेदनबाट उत्कृष्ट विचार, प्राविधिक क्षमता र दीर्घकालीन योजनाका आधारमा ७ ओटा समूह फाइनलका लागि छनोट भएका थिए । कार्यक्रममा समावेशितालाई विशेष प्राथमिकता दिइएको थियो, जसमा चार जना अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष सहभागिता थियो भने करिब ४० प्रतिशत सहभागिता महिलाहरूको थियो ।

छनोट भएका समूहहरूले सनवे कलेजमा ३६ घण्टासम्म आवासीय रूपमा बसेर आफ्ना ‘प्रोटोटाइप’ तयार पारेका थिए । सहभागीहरूले स्मार्ट मोबिलिटी तथा सञ्चार, अटिजमका लागि एआई, डिजिटल केयरगिभर सिस्टम र श्रवण तथा वाक् शक्तिसम्बन्धी समस्या भएकाहरूका लागि शैक्षिक प्रविधि गरी चार मुख्य विधामा काम गरेका थिए । तीमध्ये केही प्रोजेक्टहरू ‘आईसीटी अवार्ड २०२५ स्टार्टअप एण्ड आइडियाफेस्ट’ मा समेत प्रदर्शनी गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनकी सरिता खड्का, वन पोइन्टका निर्देशक विकास नाहटा, केयू एआई विभागका प्रमुख मनोज शाक्य, लिपफ्रगका निर्देशक अङ्कुर शर्मा र आरएक्सपिनका संस्थापक ध्रुव अधिकारी रहेका थिए । उनीहरूले शैक्षिक प्रभाव, प्राविधिक सम्भाव्यता, प्रयोगकर्ता अनुभव र वास्तविक जीवनमा यसको उपयोगिताका आधारमा विजेता छनोट गरेका हुन् ।

विशेषगरी ‘अटिजमका लागि सहायक एआई’ विधामा टिम सिनेप्टिक र मिसन चौरासीले एएसी (AAC) डिभाइस र सिकाइमा सहयोग पुर्‍याउने


आरएक्सपिनका संस्थापक ध्रुव अधिकारीले युवा पुस्तामा समानुभूति र नवप्रवर्तनको भावना विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । उनले भने, “यो कार्यक्रमले थोरै भए पनि सकारात्मक परिवर्तनको सुरुवात गरेको हामीलाई विश्वास छ ।”

कार्यक्रम निर्देशक जतिन भुसालले एआईडीएलाई वार्षिक रूपमा निरन्तरता दिने जानकारी दिए । साथै, सनफ्लावर स्पेक्ट्रमले सन् २०२६ मा ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि एआई’ विषयक नेपालकै पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी थालेको छ ।

प्रारम्भिक चरणमा आवेदन दिएका उत्कृष्ट १६ समूहलाई इन्कुबेसन प्रक्रियामा लगिने र उनीहरूलाई मेन्टरसिप तथा लगानीको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ १०:५४