नेपाली बजारमा ‘वनप्लस १५’ को प्रि-बुकिङ, १० हजार क्यासब्याकदेखि सस्तोमा स्मार्टवाचसम्मका अफर
मंसिर १२, २०८२ १२:६
काठमाडौँ । चिनियाँ ब्राण्ड वनप्लसको नेपालका लागि आधिकारिक वितरक स्मार्ट टक प्रालि र क्रेटोस टेक्नोलोजीले नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘वनप्लस १५’ सार्वजनिक गर्ने घोषणा गरेका छन् । आगामी १८ मङ्सिरदेखि आधिकारिक रूपमा बिक्री सुरु हुने यो फोनको प्रि-बुकिङ आजदेखि खुला गरिएको छ ।
१६ जीबी र्याम तथा ५१२ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध हुने वनप्लस १५ को बजारमूल्य एक लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । १७ मङ्सिरसम्म प्रि-बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले दुई ओटा विशेष विकल्प र थप सुविधाहरू सार्वजनिक गरेको छ ।
पहिलो विकल्पअन्तर्गत ग्राहकले १० हजार रुपैयाँ नगद फिर्ता (क्यासब्याक) र चार हजार ४०० रुपैयाँ बराबरको १०० वाटको चार्जर निःशुल्क पाउनेछन् । दोस्रो विकल्पमा ४९ हजार रुपैयाँ पर्ने ‘वनप्लस वाच २’ लाई मात्र १२ हजार ५०० रुपैयाँमा खरिद गर्न सकिनेछ ।
यी अफरबाहेक प्रि-बुकिङ गर्ने सबै ग्राहकलाई खरिद मितिबाट एक वर्षको ‘स्क्रिन ब्रेकेज इन्स्योरेन्स’ र किस्ताबन्दी (ईएमआई) को सुविधा समेत उपलब्ध गराइएको वितरकले जनाएको छ ।
केके छन् विशेषता ?
वनप्लस १५ मा अत्याधुनिक स्न्यापड्रागन ८ एलिट जेन फाइभ (३ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा ६.७८ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले, १६५ हर्जको रिफ्रेस रेट र १८०० निट्सको पिक ब्राइटनेस रहेको छ । सुरक्षाका लागि गोरिल्ला ग्लास भिक्टस २ पाउन सक्नुहुन्छ ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलका तीन ओटा क्यामेरा सेन्सर रहेका छन् । यसमा ७३०० एमएएचको ठुलो सिलिकन कार्बन ब्याट्री राखिएको छ, जसलाई चार्ज गर्न १२० वाटको वायर्ड र ५० वाटको वायरलेस फास्ट चार्जिङ सपोर्ट छ ।
धुलो र पानीबाट सुरक्षाका लागि यसमा आईपी ६८/६९ रेटिङ दिइएको छ ।
नेपाली बजारमा यो फोन अल्ट्रा भायोलेट, इन्फिनिट ब्ल्याक र स्यान्ड स्टर्म रङमा उपलब्ध हुनेछ ।
पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ १२:६
