close

दैनिक ४५ रुपैयाँ किस्तामा टिभी, फ्रिज, वासिङ मसिन लगायतका घरायसी उपकरण दिने सीजीको घोषणा

टेकपाना टेकपाना

मंसिर १३, २०८२ १६:३

दैनिक ४५ रुपैयाँ किस्तामा टिभी, फ्रिज, वासिङ मसिन लगायतका घरायसी उपकरण दिने सीजीको घोषणा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्स (CG Elex) ले जाडोयाम र नेपाल प्रिमियर लिग क्रिकेट सिजनलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सरल किस्ताबन्दी (ईएमआई) तथा एक्सचेन्ज सुविधा सहितको अफर बजारमा ल्याएको हो ।

यसअन्तर्गत ग्राहकले पुराना उपकरण साट्दा उच्च मूल्याङ्कन (High Valuation) प्राप्त गर्ने र नयाँ उपकरण खरिद गर्दा दैनिक ४५ रुपैयाँबाट सुरु हुने किस्ताबन्दी सुविधाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

यो अफर टेलिभिजन, फ्रिज, वासिङ मसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेन्ज, चिम्नी तथा जाडोमा प्रयोग हुने गिजर र हिटर लगायतका उपकरणमा लागु हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकताकै भरमा किस्ताबन्दी, अनलाइनबाटै मूल्याङ्कन

किस्ताबन्दी प्रक्रियालाई झन्झटरहित बनाउन कम्पनीले जगदम्बा हायर पर्चेजसँग सहकार्य गरेको छ । ‘नागरिकता भए पुग्छ’ नामक यस सेवा अन्तर्गत ग्राहकले जमानी बस्ने व्यक्ति बिना नै केवल नागरिकता पेस गरेर ईएमआई सुविधा लिन सक्नेछन् ।

त्यस्तै, ग्राहकले ‘सीजी इलेक्स डटकम’ (CGelex.com) मार्फत आफ्ना पुराना उपकरणको मूल्याङ्कन आफैँ चेक गर्न सक्ने सुविधा पनि थपिएको छ । वेबसाइटबाटै तत्काल सामानको मूल्य थाहा पाइने भएकाले निर्णय प्रक्रिया छिटो र पारदर्शी हुने कम्पनीको दाबी छ ।

टिभी खरिदमा नेटटिभी निःशुल्क

क्रिकेट सिजनलाई ध्यानमा राख्दै कम्पनीले ४३ इन्चभन्दा ठुला स्मार्ट टिभी खरिद गर्ने ग्राहकलाई दुई हजार २०० रुपैयाँ बराबरको ९ महिनाको नेटटिभी (NetTV) को सब्स्क्रिप्शन निःशुल्क उपलब्ध गराउने भएको छ ।

योजनामा एलजी, सीजी इन्स्पायरिङ, सीजी मेरिडिया, गोदरेज, टिसिएल, बर्ली, केन्ट आरओ, माइडिया, बेको, ब्ल्याक ड्यास डेकर, इलिका, सेन्साई र क्रसम्पटन लगायतका ब्रान्ड समावेश छन् । यो सुविधा देशभरका सीजी डिजिटल, एलजी ब्रान्ड शप, आधिकारिक डिलर नेटवर्क तथा अनलाइनमार्फत लिन सकिनेछ । कम्पनीले धेरैजसो मोडेलमा निःशुल्क डेलिभरी र इन्स्टलेसन सुविधा समेत उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८२ १७:४६