काठमाडौँ । एलजी नेपालले जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को अवसर पारेर आफ्ना प्रिमियम ओलेड टेलिभिजनमा मूल्य छुटको घोषणा गरेको छ । क्रिकेट क्रेजलाई थप बढाउन कम्पनीले सीमित अवधिका लागि यो योजना ल्याएको हो ।
यो अफरमार्फत ग्राहकले सुपथ मूल्यमा अत्याधुनिक प्रविधियुक्त टेलिभिजन खरिद गरी घरमै घरमै रंगशालाको जस्तो अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
एलजी ओलेड टिभीमा ए-९ फोरके एआई प्रोसेसर जेन-८ (a9 4K AI Processor Gen 8) प्रयोग गरिएको छ । साथै, यसमा डल्बी भिजन र डल्बी एटमसको संयोजन रहेको छ । जसले उत्कृष्ट दृश्य र सिनेम्याटिक साउन्डको अनुभव दिने कम्पनीको भनाइ छ । यसबाहेक, टिभीमा एनभिडिया जी–सिंक, एएमडी फ्रिसिंक र वेबओएस स्मार्ट प्लेटफर्म जस्ता विशेषताहरू रहेकाले खेल हेर्न थप सहज र जीवन्त हुने कम्पनीको दाबी छ ।
एलजीका मार्केटिङ म्यानेजर मुकेश कुमार बैठाले एनपीएल नेपाली भावना र गौरवसँग जोडिएको उत्सव भएको बताउँदै भने, “यो विशेष छुटमार्फत हामी चाहन्छौं कि प्रत्येक फ्यानले आफ्नै घरमा बसेर उत्कृष्ट दृश्य र आवाजको प्रविधिसहित खेल हेर्न सकून् ।”
यो छुट योजना नेपालभर रहेका एलजीका आधिकारिक ब्रान्ड शप तथा इलेक्ट्रोनिक्स रिटेलरहरूमा सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ १९:३१
