close

५० लाख खर्चेर महाधिवेशनमा नेपालमै उत्पादित ९० ओटा भोटिङ मसिन प्रयोग गर्दै एमाले

टेकपाना टेकपाना

मंसिर २६, २०८२ १३:५३

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेको आगामी २७ देखि २९ मङ्सिरसम्म हुने ११औँ राष्ट्रिय महाधिवेशनमा नेपालमै उत्पादित विद्युतीय भोटिङ मसिन प्रयोग गरिने भएको छ । यसका लागि एमालेले बिहीबार राम-लक्ष्मण ग्रुप अन्तर्गतको ब्यालट सोलुसन प्रालिसँग सम्झौता गरेको छ ।

महाधिवेशनमा देशभरबाट आउने दुई हजारभन्दा बढी प्रतिनिधिहरूको सहजताका लागि ९० ओटा भोटिङ मसिन प्रयोग गर्न लागिएको हो । जसका लागि करिब ५० लाख रुपैयाँ खर्च गर्ने अनुमान छ ।

यो महाधिवेशनले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । विद्युतीय भोटिङ मसिनको प्रयोग गर्दा एक जना प्रतिनिधिलाई मतदान गर्न करिब २० मिनेट लाग्ने अनुमान गरिएको छ ।

यसअघि २०७८ मङ्सिरमा सम्पन्न एमालेको १०औँ महाधिवेशनमा पनि विद्युतीय भोटिङ मसिनको प्रयोग गरिएको थियो । त्यस समयमा पनि एमालेले ५० लाख रुपैयाँ भाडा तिरेर राम–लक्ष्मण इनोभेसनले उत्पादन गरेका मसिन नै प्रयोग गरेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ १४:२५