close

स्पोटिफाईमा अब म्युजिक भिडिओ पनि, युट्युब म्युजिकलाई टक्कर दिने

टेकपाना टेकपाना

पुस १, २०८२ ९:१९

स्पोटिफाईमा अब म्युजिक भिडिओ पनि, युट्युब म्युजिकलाई टक्कर दिने

काठमाडौँ । म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईले युट्युब जस्ता प्रतिस्पर्धीहरूलाई चुनौती दिँदै आफ्ना प्रिमियम ग्राहकहरूका लागि म्युजिक भिडिओ हेर्ने सुविधा सुरु गरेको छ । कम्पनीले सुरुवाति चरणमा अमेरिका र क्यानडामा यो सेवा विस्तार गरेको हो ।

यो सुविधा बेटा भर्सनको रूपमा दुई देशका प्रिमियम ग्राहकहरू माझ रोल आउट गरिएको छ । यो विस्तारले लाखौँ ग्राहकहरूलाई आधिकारिक म्युजिक भिडिओ, स्टुडियो भर्सन, लाइभ प्रस्तुति र कभर सहितका क्याटलगमा पहुँच दिन्छ । यद्यपि, यो बेटा चरणमा रहेकाले प्रारम्भिक भिडिओ क्याटलग सीमित छ ।

तर स्पोटिफाईले आगामी महिनाहरूमा यसको उपलब्धता तीव्र रूपमा बढ्ने अपेक्षा गरेको छ । यो सुविधा अमेरिका र क्यानडाका सबै प्रिमियम ग्राहकहरूका लागि डिसेम्बरको अन्त्यसम्ममा उपलब्ध हुनेछ ।

अमेरिका र क्यानडाका साथै स्पोटिफाईले एन्टिगुवा र बार्बुडा, द बाहामास, बार्बाडोस, डोमिनिका, घाना, ग्रेनाडा, गुयाना, हैटी, जमैका, युगान्डा र भेनेजुएलाका प्रिमियम ग्राहकहरूका लागि पनि यो सुविधा विस्तार गरिरहेको छ ।

प्रिमियम ग्राहकहरूले आफ्नो टिभी, डेस्कटप, आईओएस र एन्ड्रोइड डिभाइसमा स्पोटिफाई एप खोलेर यो सुविधा प्रयोग गर्न सक्छन् । 

 

पछिल्लो अध्यावधिक: पुस १, २०८२ ९:१९