काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि विश्वकप केन्द्रित विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘ब्रिङ होम टीसीएल, फ्लाई टु द आईसीसी टी-२० वर्ल्ड कप क्रिकेट लाइभ’ नामक अभियान अन्तर्गत भाग्यशाली ग्राहकले सन् २०२६ को टी-२० विश्वकप प्रत्यक्ष हेर्न पाउने भएका छन् ।
कम्पनीका अनुसार टीसीएलका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले यो योजनामा सहभागिता जनाउन सक्नेछन् । विजेताहरूले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने नेपालको अन्तर्राष्ट्रिय टी-२० खेल प्रत्यक्ष हेर्न पाँच दिने निःशुल्क भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।
बम्पर उपहारका साथै कम्पनीले खरिदमा तत्काल प्राप्त गर्न सकिने अन्य उपहारहरू पनि सार्वजनिक गरेको छ । जसअनुसार टीसीएलको वासिङ मसिन खरिदमा ३ केजी एरियल डिटर्जेन्ट, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा र ४३ इन्च वा सोभन्दा ठुलो टिभी खरिदमा ९ महिनाको नेटटिभी सब्सक्रिप्सन निःशुल्क पाइनेछ ।
कसरी लिने सहभागिता ?
योजनामा सहभागी हुनका लागि ग्राहकले मोबाइलको म्यासेज बक्समा गई TCL टाइप गरी एक स्पेस दिने, वारेन्टी कार्ड नम्बर राख्ने, पुनः स्पेस दिई उत्पादनको नाम, आफ्नो नाम र ठेगाना टाइप गरेर ३१००३ (31003) मा एसएमएस पठाउनुपर्नेछ ।
नेपालमा चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले टीसीएल ब्रान्डका टेलिभिजन, वासिङ मसिन, एसी, रेफ्रिजेरेटर लगायतका उपकरणहरू आधिकारिक रूपमा बिक्री वितरण गर्दै आएको छ । यो योजना सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस २, २०८२ १७:५७
