close

गोदरेजका सामान खरिदमा उपहारै उपहार, भाग्यशाली विजेतालाई मुम्बईमा टी-२० विश्वकप हेर्ने अवसर

टेकपाना टेकपाना

पुस ४, २०८२ १७:२१

गोदरेजका सामान खरिदमा उपहारै उपहार, भाग्यशाली विजेतालाई मुम्बईमा टी-२० विश्वकप हेर्ने अवसर

काठमाडौँ । घरायसी उपकरण ब्रान्ड गोदरेज एप्लायन्सेसले नेपाली बजारलाई लक्षित गर्दै ‘Make a Thoughtful Choice, Be the Loudest Voice’ नामक विशेष उपभोक्ता अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले गोदरेजका उत्पादन खरिद गर्दा विभिन्न आकर्षक उपहारका साथै सन् २०२६ मा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको खेल प्रत्यक्ष हेर्न मुम्बई जाने अवसर प्राप्त गर्नेछन् ।

नेपालका लागि गोदरेजको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सका अनुसार यो योजना नेपाली क्रिकेट प्रेमीहरूको उत्साहलाई मध्यनजर गर्दै ल्याइएको हो । अभियानको मुख्य आकर्षणको रूपमा भाग्यशाली विजेताले मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने टी-२० अन्तर्राष्ट्रिय खेल प्रत्यक्ष अवलोकन गर्न पाँच दिने मुम्बई यात्रा जित्न सक्नेछन् ।

ग्राहकले गोदरेजका विभिन्न सामग्रीको खरिदमा तत्कालै निश्चित उपहारहरू समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ । जसअनुसार फ्रन्ट लोड वासिङ मसिनको खरिदमा ३ केजी एरियल डिटर्जेन्ट, टप लोड तथा सेमि-अटोमेटिक वासिङ मसिनमा इलेक्ट्रिक केतली र एयर कन्डिसनर (एसी) को खरिदमा निःशुल्क जडान सुविधा उपलब्ध गराइनेछ ।

लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले गोदरेजको वारेन्टी कार्ड नम्बर, उत्पादनको नाम, आफ्नो नाम र ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ । एसएमएस पठाउँदा Godrej [Space] Warranty Card No. [Space] Product Name [Space] Customer Name [Space] Address टाइप गर्नुपर्नेछ ।

यो अभियान सीमित अवधिका लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८२ १७:२१