एनएमबि बैंकले ल्यायो ‘लोन ट्र्याकर’ सेवा, कर्जा आवेदनको अवस्था अब अनलाइनबाटै बुझ्न सकिने
पुस १२, २०८२ २१:५८
काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि ‘लोन ट्र्याकर’ नामक नयाँ डिजिटल सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकले बैंकमा दिएको व्यक्तिगत तथा साना तथा मझौला कर्जा आवेदनको अवस्था वास्तविक समयमा अनलाइनबाटै बुझ्न सक्ने भएका छन् ।
ग्राहकले आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी लिन बैंकको शाखासम्म धाउनुपर्ने वा फोन गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ । कर्जाका लागि आवश्यक कागजातहरू बैंकमा पेश गरेपछि ग्राहकले एउटा विशेष 'युनिक ट्र्याकिङ नम्बर' प्राप्त गर्नेछन् । सो नम्बर प्रयोग गरी एनएमबि बैंकको आधिकारिक वेबसाइटमा गएर ‘डिजिटल बैंकिङ’ सेक्सन अन्तर्गत रहेको लोन ट्र्याकिङ पोर्टल वा सिधै यहाँ गएर आफ्नो आवेदनको प्रगति विवरण हेर्न सकिने छ ।
यो डिजिटल पहलले ग्राहकको समय बचत गर्नुका साथै कर्जा आवेदनको यात्रालाई थप सुविधाजनक र पारदर्शी बनाउने बैंकले विश्वास लिएको छ ।
पछिल्लो अध्यावधिक: पुस १२, २०८२ २१:५८
