विद्यार्थी र प्रोफेसनलका लागि उपयुक्त ३५ हजारमाथिको नयाँ ट्याब्लेट, हेर्नुहोस् भिडिओ रिभ्यु
पुस १४, २०८२ १५:३४
काठमाडौँ । आजको डिजिटल युगमा पोर्टेबल अर्थात् साथमा लिएर सजिलै यताउता जान मिल्ने र शक्तिशाली ग्याजेटको आवश्यकता जो कोहीलाई हुन्छ । भर्खरै सार्वजनिक भएको सामसङ ग्यालेक्सी ट्याब ए ११ प्लस (Samsung Galaxy Tab A11+) ले बजारमा निकै चर्चा कमाइरहेको छ ।
ग्यालेक्सी ट्याब ए ११ प्लसको मुख्य आकर्षण भनेको यसको मिनिमलिस्टिक र प्रिमियम डिजाइन हो । यसको पछाडिको भागमा केवल ब्रान्डको नाम मात्र छापिएको छ । जसले यसलाई निकै सफा र प्रोफेसनल लुक दिन्छ ।
डिस्प्लेको कुरा गर्नुपर्दा, यसमा ९० हर्जको रिफ्रेश रेट भएको स्क्रिन छ । जसले ब्राउजिङ र मल्टिटास्किङलाई निकै सहज बनाउँछ । यसमा ५०० निट्सको एडाप्टिभ ब्राइटनेस छ । जुन कोठाभित्र किताब पढ्न वा डकुमेन्टहरू हेर्नका लागि पर्याप्त छ । यद्यपि, चर्को घाममा बाहिर चलाउँदा भने केही कठिनाइ महसुस हुन सक्छ ।
यो ट्याब्लेटमा मिडियाटेक डाइमेन्सिटी ८७७५ एनएम प्रोसेसर प्रयोग गरिएको छ । जसले यसलाई कार्यक्षमतामा शक्तिशाली बनाउँछ । यो ट्याब्लेट विशेष गरी मल्टिटास्किङको रूपमा धेरै एपहरू एकैसाथ चलाउन, मध्यम स्तरको गेमिङ र सामाजिक सञ्जाल तथा भिडिओका लागि उपयुक्त छ ।
यसमा भएको ७,०४० एमएएच क्षमताको ठुलो ब्याट्री र २५ वाटको चार्जिङ सुविधाले प्रयोगकर्तालाई ढुक्कसँग लामो समयसम्म प्रयोग गर्ने अवसर दिन्छ । यसको प्रोसेसर ब्याट्री खपत कम गर्ने गरी अप्टिमाइज गरिएको छ ।
यो ट्याब्लेटमा पनि सामसङको वन यूआईको सहजता देख्न सकिन्छ । दायाँ माथिबाट स्वाइप गरेर कन्ट्रोल सेन्टर र बायाँ माथिबाट स्वाइप गरेर नोटिफिकेसन विन्डो सहजै हेर्न सकिन्छ ।
साथै, यसमा मल्टि-विन्डो, मोसन र जेस्चर जस्ता एड्भान्स्ड फिचर्सहरू पनि छन् । जसले टाइप गर्ने र काम गर्ने अनुभवलाई झन् सहज बनाउँछ । सुरक्षाका लागि यसमा पासवर्डका साथै फेस आईडीको विकल्प पनि दिइएको छ ।
मनोरञ्जन प्रेमीहरूका लागि यसमा डल्बी एटमस फिचर सहितको लाउड स्पिकर छ । जसले कोठाभरि सुनिने गरी स्पष्ट आवाज दिन्छ । यो ट्याब्लेट दुईवटा भेरियन्टमा उपलब्ध छ । जसमा ६/१२८ जीबी (वाई-फाई भेरियन्ट) र ८/२५६ जीबी (फाइभजी भेरियन्ट) रहेका छन् । वाई-फाई भेरियन्ट (सिम नलाग्ने) को मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ भने फाइभजी (सिम लाग्ने) भेरियन्टका लागि ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यदि तपाईँ कलेज जाने विद्यार्थी हुनुहुन्छ, अफिसको काम सहजै गर्न चाहनुहुन्छ वा बिजनेसका लागि एउटा पातलो र शक्तिशाली ट्याब्लेट खोज्दै हुनुहुन्छ भने सामसङ ग्यालेक्सी ट्याब ए ११ प्लस तपाईँको रोजाइको विषय बन्न सक्छ ।
पछिल्लो अध्यावधिक: पुस १४, २०८२ १७:५७
