२०२५ मा टिकटकमा के-के खोजे नेपालीले ? सेलिब्रिटीदेखि सेलरोटीसम्मको ट्रेन्ड सूची सार्वजनिक
पुस १६, २०८२ ८:३३
काठमाडौँ । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले सन् २०२५ मा नेपालबाट आफ्नो प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची (टप सर्च) सार्वजनिक गरेको छ । यस सूचीले नेपाली प्रयोगकर्ताहरूले वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, पर्यटकीय गन्तव्य, मनोरञ्जनका कार्यक्रम र दैनिक जीवनका निर्णयमा सहयोग पुर्याउने उपयोगी विषयहरूमा कस्तो चासो राखेका थिए भन्ने सानो झलक प्रस्तुत गरेको छ ।
सन् २०२५ मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका विधाहरू र ट्रेन्डहरू यस प्रकार छन्:
१. लोकप्रिय शोबिज सेलिब्रिटीहरू
मनोरञ्जन क्षेत्रबाट उल्लेखित कलाकारहरू यस वर्ष प्रयोगकर्ताको खोजीमा अग्रपंक्तिमा रहे:
-
प्रियंका कार्की
-
राजेश हमाल
-
स्वस्तिमा खड्का
-
रेखा थापा
-
मदन कृष्ण श्रेष्ठ
२. चर्चित टिकटक क्रिएटरहरू
सिर्जनात्मक सामग्रीका लागि यी क्रिएटरहरू बढी खोजिए:
-
सिम्पल खरेल
-
आश्मा विश्वकर्मा
-
रचना रिमाल
-
अनमोल केसी
-
आना शर्मा
३. सर्वाधिक खोजिएका खेलाडीहरू
खेलकुदतर्फ स्वदेशी तथा विदेशी खेलाडीहरूमा नेपालीको उत्तिकै चासो देखियो:
-
साम्बा (साबित्रा भण्डारी)
-
विमल घर्ती मगर
-
दीपेन्द्र सिंह ऐरी
-
किलियन एमबाप्पे
-
लियोनेल मेस्सी
४. प्रमुख पर्यटकीय एवं धार्मिक स्थलहरू
यात्रा र भ्रमणका लागि यी स्थानहरू टिकटकमा ट्रेन्डिङ रहे:
-
मुस्ताङ
-
मनाङ
-
नर्थ अन्नपूर्ण बेस क्याम्प
-
पशुपतिनाथ मन्दिर
-
भीमसेनस्थान मन्दिर
५. टेलिभिजन शो र चलचित्रहरू
मनोरञ्जन विधामा यी कार्यक्रम र फिल्महरूले चर्चा कमाए:
-
बिग बस
-
परान (चलचित्र)
-
जेरी अन टप (चलचित्र)
-
जारी २ (चलचित्र)
-
रोडिज (सिजन ७)
६. ट्रेन्डिङ क्षण तथा विशेष घटनाहरू
वर्षभरिका यी घटना र पर्वहरूले टिकटक प्रयोगकर्तालाई आकर्षित गरे:
-
तीज
-
कुकुर तिहार
-
मिस ग्राण्ड नेपाल
-
रुटिन अफ नेपाल बन्द (RONB)
-
एनपीएल (NPL) सिजन २
७. लोकप्रिय गीत तथा साउन्डट्र्याकहरू
यी गीतहरू टिकटक भिडियोहरूमा व्यापक रूपमा प्रयोग गरिए र खोजिए:
-
ठुमक ठुमक जानीए माहिए दे नाल
-
आइसक्रिम खाउंगी काश्मिर जाउंगी
-
माया गर्नु ल (जोन चाम्लिङ)
-
वाक्क लाग्दो संसार
-
सारी ला'र आएँ भने
८. खानाका परिकार र रेसिपीहरू
परम्परागत र नयाँ परिकार बनाउने विधिमा प्रयोगकर्ताहरूको उच्च चासो देखियो:
-
हत्क्युला फ्रुट (ट्रेन्डिङ फल)
-
स्टिम चिकेन रेसिपी
-
सेलरोटी रेसिपी
-
सिँगडा रेसिपी
-
पक्कु रेसिपी
पछिल्लो अध्यावधिक: पुस १६, २०८२ ९:९
