close

लाहानमा साओमीको सर्भिस सेन्टर, एक महिनासम्म निःशुल्क सर्भिसिङ र विशेष सहुलियत

टेकपाना टेकपाना

पुस १६, २०८२ १४:११

लाहानमा साओमीको सर्भिस सेन्टर, एक महिनासम्म निःशुल्क सर्भिसिङ र विशेष सहुलियत

काठमाडौँ । साओमीले सिराहाको लाहानमा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने उद्देश्यअनुरूप कम्पनीले लाहानचोकमा नयाँ सेवा केन्द्र स्थापना गरेको हो ।

रमेश कर्प अन्तर्गतको टेलिडाइरेक्ट प्रालिले सञ्चालन गर्ने यस सर्भिस सेन्टरबाट साओमीका स्मार्टफोन, वेयरेबल्स (स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरेबल्स (इयरफोन) तथा आईओटी डिभाइसहरूको मर्मत तथा प्राविधिक सहयोग उपलब्ध हुने बताइएको छ । कम्पनीले यहाँ आधिकारिक स्पेयर पार्ट्स प्रयोग गरी गुणस्तरीय सेवा सुनिश्चित गरिने जनाएको छ ।

सर्भिस सेन्टर उद्घाटनको अवसरमा कम्पनीले स्थानीय ग्राहकहरूका लागि एक महिनासम्म विशेष सहुलियतको घोषणा गरेको छ । यस अवधिमा ग्राहकले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेडको सुविधा पाउनेछन् । साथै, वारिन्टी समाप्त भएका डिभाइसको स्पेयर पार्ट्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट दिइने र त्यस्ता पार्ट्समा कुनै सेवा शुल्क नलाग्ने कम्पनीले उल्लेख गरेको छ ।


 

पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १४:११