काठमाडौँ । हायर विश्वको नम्बर १ होम अप्लायन्स ब्रान्ड घोषित भएको छ । बजार अनुसन्धान संस्था युरोमनिटर इन्टरनेसनलको पछिल्लो तथ्याङ्क अनुसार बिक्री परिमाणका आधारमा हायर होम अप्लायन्स पुनः एक पटक विश्वकै शीर्ष ब्रान्ड बन्न सफल भएको हो ।
यससँगै हायरले विगत १७ वर्षदेखिको आफ्नो यो ऐतिहासिक सफलतालाई कायम राख्न सफल भएको छ । विश्वभरका प्रयोगकर्ताहरूको अटुट विश्वास र सद्भावका कारण हायरले लगातार १७ वर्षदेखि यो ऐतिहासिक सफलता कायम राख्न सफल भएको कम्पनीले जनाएको छ ।
युरोमनिटर इन्टरनेसनलले जारी गरेको सन् २०२५ को तथ्याङ्क अनुसार बिक्रीका आधारमा रेफ्रिजेरेटर तर्फ विगत १८ वर्षदेखि हायर विश्वकै पहिलो नम्बरको ब्रान्डको रूपमा रहँदै आएको छ । वाशिङ मसिनमा १७ वर्षदेखि र वाइन कुलरतर्फ विगत १६ वर्षदेखि हायरका उत्पादन लगातार विश्वको शीर्ष स्थानमा छन् ।
त्यतिमात्रै नभएर हायर ब्रान्डको फ्रिजर बिक्रीका आधारमा विगत १५ वर्षदेखि विश्वकै नम्बर १ प्रोडक्टको रूपमा कायम रहेको बताइएको छ । “ग्राहकको भावना बुझ्ने र उत्पादनमा नवीनता ल्याउने प्रयास हायरको यो निरन्तर सफलताको रहस्य हो । हामी प्रयोगकर्ताहरूलाई सधैँ केन्द्रमा राखेर प्रयोगकर्ताकै आवश्यकता अनुसारका समाधानहरू उपलब्ध गराउँन तत्पर छौँ । हायरले ग्राहकका कुराहरू ध्यान दिएर सुन्छ,” कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिको छ ।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले साना लुगाहरू धुने छुट्टै ठाउँको आवश्यकता देखाउँदै कमेन्ट गर्ने गरेपछि कम्पनीले, ‘मल्टी ड्रम’ वाशिङ मसिनको आविष्कार गरेको बताइएको छ । यसका साथै मौसमका हिसाबले सधैँ चिसो हुने ठाउँमा त्यहीअनुसारको वाशिङ मसिन, ऊर्जा खपत कम चाहिने ठाउँमा सोही अनुसारको प्रविधिलाई कम्पनीले अवलम्बन गरेको छ ।
"यसले ग्राहकको सुझाव र स्थानीय आवश्यकतालाई कम्पनीले कसरी विश्वव्यापी प्रविधिसँग जोड्दै अघि बढी रहेको छ भन्ने प्रस्ट पार्छ," कम्पनीले भनेको छ ।
खेलकुदमार्फत विश्व प्रभाव
सन् २०२५ मा हायरले खेलकुदलाई मानवीय जीवन र उत्साहको साझा भाषाको रूपमा आत्मसाथ गर्दै प्रयोगकर्ताहरूसँगको सम्बन्धलाई थप परिष्कृत गरेको छ । यो क्रममा कम्पनीले लिभरपुल फुटबल क्लब, पेरिस सेन्ट–जर्मन (पीएसजी) र एटीपी टुर जस्ता विश्व स्तरीय खेलकुद संस्थाहरूसँग दीर्घकालीन साझेदारी गरेको छ ।
साथै, सन् २०२५ को अस्ट्रेलियन ओपनको आधिकारिक साझेदारको रूपमा समेत कम्पनी जोडिएको छ ।
भविष्यप्रतिको दीर्घ प्रतिबद्धता
हायरले वातावरण र समाजप्रतिको आफ्नो जिम्मेवारीलाई पनि विशेष प्राथमिकतामा राखिएको बताएको छ । हायर स्मार्ट होमले सन् २०५० सम्म आफ्ना उत्पादनहरू कार्बन रहित बनाउने लक्ष्य राखेको । यसका साथै कम्पनीले आफ्ना हरेक गतिविधिहरूमा शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने गरी काम गरिरहेको छ ।
मानिस र विश्वासको जगमा निर्माण
हायरले हासिल गरेको यो ठुलो उपलब्धि पछाडि यसमा काम गर्ने कर्मचारीको ठुलो योगदान छ । जसका कारण सन् २०२५ मा हायर स्मार्ट होम लगातार नवौं पटक फोर्ब्सको ‘विश्वकै उत्कृष्ट रोजगारदाता’ सूचीमा पर्न सफल भयो । यसका साथै, फर्च्युन ग्लोबल ५०० मा आठ पटक र विश्वकै सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा सात पटक परेर हायरले आफ्नो छुट्टै पहिचान बनाएको छ ।
ब्रान्डजीले हायरलाई विश्वकै एक मात्र आईओटी इकोसिस्टम ब्रान्डको रूपमा मान्यता समेत दिएको छ । हाल विश्वका २०० भन्दा बढी देशका १ अर्बभन्दा बढी घर-परिवारले हायरका सामान प्रयोग गरिरहेको उल्लेख छ । प्रयोगकर्ताहरूको अनुभव र सुझावलाई नै मुख्य मार्गदर्शक मान्दै हायरले आगामी दिनमा पनि नवीनता र सेवामा नयाँ उचाइ हासिल गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।
पछिल्लो अध्यावधिक: माघ २, २०८२ १०:५०
