close

रास्वपा लक्षित प्रचण्डको टिप्पणी- ‘सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ’

टेकपाना टेकपाना

माघ १३, २०८२ १६:४०

रास्वपा लक्षित प्रचण्डको टिप्पणी- ‘सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ शक्ति भनिएका दलहरूले विचार र सिद्धान्तको खडेरी लुकाउन सामाजिक सञ्जालमा ‘स्टन्टबाजी’ गरिरहेको आरोप लगाएका छन् । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गरेका हुन् ।

उनले विचार र एजेन्डा नभएकाहरूले सोसल मिडियाको भरमा जनतालाई भ्रमित पारेको दाबी गरे । “अहिले यहाँ सिद्धान्तको खडेरी र विचारको खडेरी छ । सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइराखेको छ, यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ,” प्रचण्डले भने ।

रास्वपालाई सङ्केत गर्दै उनले केवल हल्ला गरेर मात्रै देश नचल्ने जिकिर गरे । उनले थपे, “घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । स्टन्टबाजीले केही समय भ्रम त छर्ला, तर देश र जनताको सेवा गर्न सक्दैन ।”

 

पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १६:४०