काठमाडौँ । विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड अनरले सिटी सेन्टरमा आफ्नो नयाँ अनर शोरुम सञ्चालनमा ल्याएको छ । शोरुम उद्घाटन कार्यक्रमको मुख्य आकर्षण नाटकीय प्रोडक्ट रिभिल रह्यो, जहाँ अनूप बिक्रम शाही र हेमन्त भण्डारीले हथौडा प्रहार गर्दै बरफ (आइस ब्लक) फुटाएर अनरको नयाँ स्मार्टफोन सार्वजनिक गरे ।
यो अनौठो प्रस्तुतिमार्फत डिभाइसको उत्कृष्ट टिकाउपन र मजबुतीलाई प्रतीकात्मक रूपमा देखाइएको थियो । सिटी सेन्टरमा नवनिर्मित नयाँ शोरुममा ग्राहकहरूले अनरका विभिन्न स्मार्टफोन, एक्सेसरिज तथा स्मार्ट डिभाइसहरूको प्रत्यक्ष र अन्तरक्रियात्मक अनुभव प्राप्त गर्न सक्ने छन् ।
प्रिमियम रिटेल अनुभवलाई ध्यानमा राखी डिजाइन गरिएको यस शोरुममार्फत ग्राहकहरूले अनरको अत्याधुनिक प्रविधि र नवीन फिचरहरू नजिकबाट अनुभव गर्न सक्नेछन् । ग्राण्ड ओपनिङसँगै अनरले नेपालमा आफ्नो खुद्रा उपस्थितिलाई अझ विस्तार गर्दै नवीन र भरपर्दो प्रविधि प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।
पछिल्लो अध्यावधिक: माघ १६, २०८२ ११:४१
