close

डिशहोम गोमा नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ उपलब्ध

टेकपाना टेकपाना

माघ २०, २०८२ १७:९

डिशहोम गोमा नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ उपलब्ध

काठमाडौँ । यथार्थपरक र सीमान्तकृत समुदायको कथालाई सशक्त रूपमा प्रस्तुत गरिएको नेपाली चलचित्र ‘एक भगवत र एक गीता’ अब डिशहोम गो मोबाइल एपमा उपलब्ध भएको छ ।

जनकपुर र आसपासको पृष्ठभूमिमा खिचिएको यो चलचित्रले तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षणको कथालाई चित्रण गर्दछ । समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह र मानवीयताका लागि गरिएको संघर्ष नै यस चलचित्रको मुख्य विषयवस्तु हो । चलचित्रले समाजमा समावेशिता, समानता र मानव अधिकारको आवश्यकतालाई समेत वकालत गरेको छ ।

झरना थापाको निर्देशनमा बनेको चलचित्रमा विपिन कार्कीका साथै सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ, कबीर खड्काको मुख्य अभिनय रहेको छ ।

यो चलचित्र हेर्नका लागि नेपालभित्रका दर्शकले २२५ रुपैयाँ र नेपालबाहिर रहेका दर्शकले १.९९ अमेरिकी डलर भुक्तानी गरेर डिशहोम गोमार्फत जुनसुकै समयमा हेर्न सक्नेछन् । यस प्लेटफर्ममा चलचित्र उपलब्ध भएसँगै सिनेमा घरसम्म पुग्न नसकेका दर्शकहरूले आफ्नै मोबाइल वा स्मार्ट डिभाइसमा यो चर्चित चलचित्र हेर्ने अवसर पाएका छन् ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १७:९