close

सामसङको होली अफर: वासिङ मसिन र फ्रिजको खरिदमा २३ प्रतिशतसम्म क्यासब्याक

टेकपाना टेकपाना

माघ २०, २०८२ २०:२७

सामसङको होली अफर: वासिङ मसिन र फ्रिजको खरिदमा २३ प्रतिशतसम्म क्यासब्याक

काठमाडौँ । सामसङ नेपालले रङहरूको पर्व होलीलाई लक्षित गर्दै होली अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले सामसङका वासिङ मसिन र रेफ्रिजिरेटर खरिद गर्दा आकर्षक क्यासब्याकका साथै एक्सचेन्ज बोनसको सुविधा समेत पाउनेछन् ।

गत आइतबारदेखि सुरु भएको यो अफर आगामी मार्च १४, २०२६ सम्म देशभरका सामसङका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड र सेमी–अटोमेटिक टप–लोड वासिङ मसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नेछन् । त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड–बाई–साइड रेफ्रिजिरेटरहरूको खरिदमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ ।

सामसङले आफ्ना वासिङ मसिनमा प्रयोग हुने 'डीआईटी' मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ । साथै, विद्युतको भोल्टेज घटबढबाट हुने क्षति रोक्न वासिङ मसिनमा ४०० भोल्ट र रेफ्रिजिरेटरमा ३०० भोल्टसम्मको 'भोल्टेज फ्लक्चुएसन प्रोटेक्सन' समेत उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।​

वाशिङ मसिन अफर:           

क्याटोगोरी

क्षमता

क्यासब्याक (सम्म)

Semi-Automatic Top Load

7 Kg

12%

Fully Automatic
Top Load

8 Kg

12%

AI EcobubbleTM Front Load

9 - 12 Kg

20%

AI EcobubbleTM Washer Dryer

9 - 11 Kg

23%

 रेफ्रिजिरेटर अफर:

क्याटोगोरी

क्षमता

क्यासब्याक (सम्म)

SBS

700L

11%

5 in 1

350L - 419L

16%

Double Door

253L - 275L

17%

Single Door

192L - 230L

15%

पछिल्लो अध्यावधिक: माघ २०, २०८२ २०:२७