close

४ लाख बढी फलोअर रहेको ‘माग्ने बुढा’को टिकटक अकाउन्ट ह्याक

टेकपाना टेकपाना

माघ २१, २०८२ १४:३९

४ लाख बढी फलोअर रहेको ‘माग्ने बुढा’को टिकटक अकाउन्ट ह्याक

काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको भेरिफाइड टिकटक अकाउन्ट ह्याक भएको छ । घिमिरेले बुधबार फेसबुकमा स्टाटस लेख्दै आफ्नो टिकटक आईडी ह्याक भएको जानकारी दिएका हुन् ।

आफ्नो आईडीबाट ठगी हुनसक्ने भन्दै उनले फ्यानहरूलाई सजग गराएका छन् ।

उनले लेखेका छन्, “सुचना सुचना सुचना । मेरो टिकटक एकाउन्ट ह्याक भएकोले त्यो एकाउन्टबाट हुनसक्ने ठगीजन्य घटनासँग सचेत रहनुहोला।”

‘kedar_prasad_ghimire’ युजरआईडी रहेको घिमिरेको टिकटक अकाउन्टमा चार लाखभन्दा बढी फलोअर छन् । कुल ६४ लाखभन्दा बढी ‘लाइक’ प्राप्त गरेको उक्त अकाउन्टमा हाल कुनै पनि भिडिओहरू देखिँदैनन् ।

ह्याकरले अकाउन्टको प्रोफाइल तस्बिर पनि परिवर्तन गरेको छ । हाल प्रोफाइलमा कालो लुगा र ह्याट लगाएर कुर्सीमा बसी भुईँतिर निहुरिएको एक युवकको तस्बिर राखिएको छ । अकाउन्टको बायो भने पुरानै यथावत् छ, जसमा उनलाई नेपाली कमेडियन, कलाकार तथा चलचित्र निर्माताका रूपमा उल्लेख गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ १४:५३