नेपाली बजारमा सेन्साइले ल्यायो ‘स्मार्ट बटन’ र ‘वास प्लस’ प्रविधियुक्त नयाँ वासिङ मसिन
माघ २२, २०८२ १७:७
काठमाडौँ । सेन्साइ ब्रान्डले आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च कार्यक्षमतायुक्त नयाँ फ्रन्ट लोड वासिङ मसिन नेपाली बजारमा सार्वजनिक गरेको छ । सेन्साइको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले १० केजी क्षमताको 'SWM10FL3' मोडेलको मसिन बजारमा ल्याएको हो ।
नेपालमा वासिङ मसिन, रेफ्रिजेरेटर, टिभीजस्ता होम अप्लायन्सका लागि चर्चित सेन्साइले आफ्ना उत्पादनमा गुणस्तर र टिकाउपनलाई प्राथमिकता दिँदै आएको छ । प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएका सेन्साइका उत्पादनहरूले नेपाली उपभोक्ताको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।
नयाँ फ्रन्ट लोड वासिङ मसिनमा बीएलडीसी इन्भर्टर मोटर प्रयोग गरिएको छ । यसले बिजुलीको खपत कम गर्नुका साथै मसिन चल्दा आवाज कम आउने र प्रदर्शनलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ । १० केजी क्षमताको यो मसिन मध्यम तथा ठुलो परिवारका लागि उपयुक्त छ ।
यस मसिनमा स्टिम वास, १५ मिनेटको ‘क्विक वास’, स्टेन ट्रिटमेन्ट, इको ४०-६०, अटो ड्रम क्लिन र १४०० आरपीएम (RPM) स्पिन स्पिड जस्ता आधुनिक विशेषता छन् । यसका साथै १६ ओटा वास प्रोग्राम, एलईडी डिस्प्ले, चाइल्ड लक र डिले फङ्सन समेत उपलब्ध छ । कम्पनीले यसको बीएलडीसी मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ ।
यस मोडेलको मुख्य आकर्षणका रूपमा ‘स्मार्ट बटन’ र ‘वास प्लस’ फङ्सनलाई प्रस्तुत गरिएको छ । स्मार्ट बटनले प्रयोगकर्ताको कपडा धुने बानी र शैलीलाई बुझेर आवश्यक सेटिङ स्वतः तय गर्दछ, जसले धुलाई प्रक्रियालाई अझ सहज र स्मार्ट बनाउँछ । त्यसैगरी, वास प्लस फिचरले कपडाको अवस्था हेरेर थप समय वा प्रभावकारी सफाइ सुनिश्चित गर्दै कडा दाग र गहिरो फोहोर हटाउन मद्दत गर्छ ।
ग्राहकहरूको सहजताका लागि कम्पनीले यो मसिनमा विशेष सुविधाहरू पनि ल्याएको छ । सेन्साइका उत्पादनहरू शून्य प्रतिशत ब्याजदरमा ईएमआई, नागरिकताका आधारमा सरल किस्ताबन्दी र पुराना सामानसँग साट्न सकिने एक्सचेन्ज सुविधामा उपलब्ध छन् । यसले उपभोक्तालाई ठुलो आर्थिक भार बिना नै अत्याधुनिक प्रविधि आफ्नो घरमा भित्र्याउने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: माघ २२, २०८२ १७:७
