close

इलेक्ट्रोनिक फन्ड ट्रान्सफरअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बन्यो सिटिजिन्स

टेकपाना टेकपाना

माघ २८, २०८२ १२:२५

इलेक्ट्रोनिक फन्ड ट्रान्सफरअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बन्यो सिटिजिन्स

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबिच एनपीएस नेसनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (ईएफटी) मार्फत नेपाल पे कार्ड सञ्चालनका लागि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा दुई संस्थाबिच यस सेवा सञ्चालनका लागि समझदारी भएको हो ।

सम्झौता पत्रमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यससँगै सिटिजन्स बैंक एनसिएचएलको ईएफटफ मेम्बर अन्तर्गत नेपाल पे कार्ड जारी गर्ने मुलुककै पहिलो बैंक बनेको छ ।

यो सम्झौतापछि सिटिजन्स बैंकका एटीएम तथा पीओएस टर्मिनलहरूमा नेपाल पे कार्डका साथै डिस्कभर, डाइनर्स र पल्सजस्ता अन्तर्राष्ट्रिय कार्डहरू पनि स्वीकार्य हुनेछन् । बैंकका ग्राहकले अब छिट्टै एनसीएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपाल पे प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइसकेको छ ।

त्यस्तै, बैंकले हालै युवा लक्षित 'सिटिजन्स जेन-जी अकाउन्ट', एकीकृत अनलाइन प्लेटफर्म 'सिटिजन्स डिजी बैंक' र फ्रिलान्सरहरूका लागि विशेष 'फ्रिलान्सर सेभिङ अकाउन्ट' सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सी-आस्वा सेवा लिन सकिने तथा अन्य बैंकका ग्राहकले सिटिजन्सको शाखाबाट क्यूआर स्क्यान गरी नगद निकाल्न मिल्ने 'क्रस बैंक टेलर' सुविधा पनि दिँदै आएको बैंकले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २८, २०८२ १५:१७