close

फोटोग्राफी र हाई पर्फमेन्स चाहनेका लागि ‘ओप्पो रेनो १५’ सिरिज नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ २९, २०८२ १९:०

फोटोग्राफी र हाई पर्फमेन्स चाहनेका लागि ‘ओप्पो रेनो १५’ सिरिज नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौँ । स्मार्टफोन ब्रान्ड ओप्पोले रेनो सिरिजको नयाँ संस्करण ‘ओप्पो रेनो १५’ सिरिज नेपाली बजारमा भित्र्याएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीले रेनो १५ र रेनो १५ एफ मोडेल सार्वजनिक गरेको हो ।

ओप्पो रेनो १५ फाइभजीमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.५९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ । १.०७ अर्ब रङहरू सपोर्ट गर्ने डिस्प्लेमा १२०० निट्सको पिक ब्राइटनेस रहेको छ भने स्क्रिनको सुरक्षाका लागि गोरिल्ला ग्लास सेभेन आई प्रयोग गरिएको छ ।

फोनमा क्वालकम स्न्यापड्रागन सेभेन जेन फोर चिपसेट प्रयोग गरिएकाले यसले उत्कृष्ट कार्यक्षमता र सहज मल्टिटास्किङ सुनिश्चित गर्ने कम्पनीको दाबी छ । सहज कार्यसम्पादनका लागि यसमा १२ जीबी र्‍याम र ५१२ जीबीको इन्टर्नल स्टोरेज पाउन सकिन्छ ।

गेमिङ अनुभवलाई उत्कृष्ट बनाउन फोनमा एआई हाइपरबुस्ट २.० र सञ्चारलाई प्रभावकारी बनाउन एआई लिंकबुस्ट ३.० प्रविधि समावेश गरिएको छ । ओप्पोको पछिल्लो अपरेटिङ सिस्टम कलर ओएस १६ मा यी मोडेल आधारित छन् ।

फोटोग्राफीलाई विशेष जोड दिइएको फोनमा ५० मेगापिक्सेलको अल्ट्रा-क्लियर मुख्य क्यामेरा (ओआईएससहित) रहेको छ । साथै, ३.५ गुणा अप्टिकल जुम र ओआईएस सुविधा भएको ५० मेगापिक्सेलकै टेलिफोटो पोर्ट्रेट क्यामेरा यसको मुख्य आकर्षण हो । सेल्फीका लागि ५० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा दिइएको छ भने यसले फोरके एचडीआर अल्ट्रा-स्टेडी भिडिओ रेकर्डिङ सपोर्ट गर्दछ ।

स्मार्टफोनमा ६५०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जसलाई ८० वाटको सुपरभोक फ्ल्यास चार्जले छिटो चार्ज गर्न सहयोग गर्दछ । १२० हर्ज रिफ्रेस रेटसहितको ६.५९ इन्चको एमोलेड डिस्प्लेले प्रयोगकर्तालाई गुणस्तरीय दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

फोनलाई टिकाउ बनाउन यसको डिस्प्लेमा कोर्निङ गोरिल्ला ग्लास सेभेन आई प्रयोग गरिएको छ । साथै, यो फोन पानी र धुलोबाट सुरक्षाका लागि आईपी६९ रेटिङका साथ आएको छ ।

कम्पनीले नेपाली बजारका लागि रेनो १५ सिरिजको मूल्य निम्नानुसार तोकेको छ:

  • ओप्पो रेनो १५ (१२ जीबी+५१२ जीबी): रु. ८९,९९९/-

  • ओप्पो रेनो १५एफ (१२ जीबी+५१२ जीबी): रु. ६९,९९९/-

पछिल्लो अध्यावधिक: माघ २९, २०८२ १९:३७