एन्ड्रोइड स्मार्टफोनबाट अनावश्यक एप हटाउने सुरक्षित र सजिलो उपाय सार्वजनिक
फागुन ४, २०८२ १९:५
सांकेतिक तस्बिर
काठमाडौँ । एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूका लागि एउटा खुसीको खबर छ । धेरैजसो एन्ड्रोइड फोनहरूमा कम्पनीले पहिले नै थुप्रै एपहरू राखिदिएको हुन्छ । जसलाई प्रविधिको भाषामा ब्लोटवेयर (Bloatware) भनिन्छ ।
यीमध्ये धेरै एपहरू प्रयोगकर्ताका लागि काम नलाग्ने हुन्छन् र तिनले फोनको स्टोरेज ओगट्नुका साथै मोबाइललाई सुस्त बनाउँछन् । सामान्यतया यस्ता स्टक एप अनइन्स्टल गर्न मिल्दैन । तर अब युनिभर्सल एन्ड्रोइड डिब्लोटर नेक्स्ट जेनेरेसन (UAD-NG) नामक उपकरणको सहयोगमा रुट नगरिकनै यी एपहरूलाई सजिलै हटाउन सम्भव भएको छ ।
के हो UAD-NG र यसले कसरी काम गर्छ ?
उएडी-एनजी (UAD-NG) एउटा नि:शुल्क र ओपन सोर्स (Open Source) सफ्टवेयर हो । यसले एन्ड्रोइड डिबग ब्रिज (ADB) प्रविधिको प्रयोग गरेर फोनका सिस्टम एपहरूलाई हटाउने काम गर्छ ।
परम्परागत रूपमा यस्ता एप हटाउन फोनलाई 'रुट' गर्नु पर्थ्यो । जसले फोनको वारेन्टीको सर्त उलङ्घन गर्ने, बैङ्किङ एपहरू नचल्ने र सुरक्षा जोखिम निम्त्याउने जस्ता समस्या हुन्थे । तर, यो नयाँ विधिमा रुट गर्नु नपर्ने हुँदा यो निकै सुरक्षित र प्रभावकारी मानिएको छ ।
यो सफ्टवेयरले एपहरूलाई पूर्ण रूपमा डिलिट गर्नुको सट्टा प्रयोगकर्ताका लागि 'अनइन्स्टल' गरिदिन्छ । यसको अर्थ एपका फाइलहरू सिस्टमको सुरक्षित भागमा रही रहन्छन् । तर ती फोनको मेनु वा ब्याकग्राउण्डमा सक्रिय हुँदैनन् । यसले गर्दा फोनको ब्याट्री जोगिन्छ र कार्यक्षमता पनि बढ्छ ।
ब्लोटवेयर एप हटाउने तरिका र ध्यान दिनुपर्ने कुरा
एन्ड्रोइड डिबग ब्रिज (ADB) एउटा शक्तिशाली कमान्ड-लाइन औजार हो । जसले तपाइँलाई आफ्नो कम्प्युटरबाट एन्ड्रोइड फोनसँग सञ्चार गर्न र विभिन्न लुकेका सेटिङहरू मिलाउन अनुमति दिन्छ ।
यसको प्रयोग गरेर तपाईँले फोन 'रुट' नगरिकनै कम्पनीले पहिले नै राखिदिएका अनावश्यक ब्लोटवेयर एपहरू हटाउन सक्नुहुन्छ ।
यसका लागि सबैभन्दा पहिला आफ्नो फोनको सेटिङहुँदै About Phone मा जानुहोस् र 'बिल्ड नम्बर' (Build Number) अथवा Version info भित्र रहेको Software version मा लगातार सात पटक ट्याप गर्नुहोस् । अब तपाईँले You are now a developer भन्ने सन्देश देख्नु हुनेछ ।
अब पछाडि जानुहोस् र System > Advanced > Developer Options मा जानुहोस् (केही फोनमा यो Additional Settings भित्र राखिएको हुन सक्छ)। त्यहाँ भित्र गएर USB Debugging लाई अन गर्नुहोस् ।
यति गरिसकेपछि अब तपाईँको विन्डोज वा म्याक कम्प्युटरमा Android SDK Platform Tools डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसका लागि गुगलको आधिकारिक वेबसाइटबाट आफ्नो अपरेटिङ सिस्टम अनुसारको Platform Tools जिप फाइल डाउनलोड गर्नुहोस् । अथवा सोझै यहाँ क्लिक गर्नुहोस् ।
विन्डोजमा यसलाई एक्सट्र्याक्ट गरेर C:\platform-tools जस्ता सजिलो ठाउँमा राख्नुहोस् । फोनलाई डेटा केबलमार्फत कम्प्युटरमा जोड्नुहोस् र फोनमा File Transfer मोड छनोट गर्नुहोस् ।
विन्डोज कम्प्युटरमा platform-tools फोल्डरलाई एक्ट्राक्ट गर्नुहोस् र त्यस भित्र Shift कि थिचेर खाली ठाउँमा राइट-क्लिक गर्नुहोस् र Open PowerShell window here वा Open in Terminal रोज्नुहोस् । अब ./adb devices टाइप गर्नुहोस् ।
म्याकमा टर्मिनल (Terminal) खोल्नुहोस् र फोल्डरको पाथ (जस्तै: cd /Downloads/platform-tools) टाइप गर्नुहोस् । त्यसपछि adb devices टाइप गर्नुहोस् ।
तपाइँको फोनमा Allow USB Debugging? भन्ने नोटिफिकेसन आउनेछ, त्यसमा Always allow मा टिक लगाएर OK गर्नुहोस् । यदि सफल भयो भने कम्प्युटरको स्क्रिनमा फोनको सिरियल नम्बर देखिनेछ ।
यति गरिसकेपछि फोनमा पहिले नै आएका र अनइन्स्टल गर्न नमिल्ने एपहरू हटाउन निम्न कमान्डहरू प्रयोग गर्नुहोस्:
-
एपहरूको सूची हेर्न: फोनमा भएका सबै एपको प्याकेज नाम हेर्न adb shell pm list packages टाइप गर्नुहोस् । सिस्टम एपहरू मात्र हेर्न अन्त्यमा -s थप्न सक्नुहुन्छ । (सजिलोका लागि App Inspector जस्ता एप प्रयोग गरेर हटाउन चाहेको एपको सही प्याकेज नाम पत्ता लगाउनुहोस्) ।
-
एप हटाउन (Uninstall): adb shell pm uninstall -k --user 0 <package name> टाइप गर्नुहोस्। यहाँ <package name> को ठाउँमा तपाइँले हटाउन चाहेको एपको नाम (जस्तै: com.android.chrome) राख्नुहोस्।
-
यो कमान्डले फोन 'रुट' नगरीकनै हालको प्रयोगकर्ताका लागि अनावश्यक एप पूर्ण रूपमा निष्क्रिय र अनइन्स्टल गरिदिन्छ।
अन्य उपयोगी कमान्डहरू एडीबीमार्फत तपाइँले अन्य धेरै कामहरू पनि गर्न सक्नुहुन्छ:
-
adb reboot: फोनलाई रिस्टार्ट गर्न।
-
adb install "path_to_apk": कम्प्युटरबाट सिधै कुनै पनि एप इन्स्टल गर्न।
-
adb push/pull: कम्प्युटरबाट फोनमा वा फोनबाट कम्प्युटरमा फाइलहरू सार्न।
वायरलेस एडीबी (एन्ड्रोइड ११ वा माथिका लागि) यदि तपाइँसँग एन्ड्रोइड ११ वा सोभन्दा नयाँ भर्सन छ भने केबल बिना नै वाईफाईमार्फत पनि यो काम गर्न सकिन्छ। यसका लागि 'Developer Options' मा गएर Wireless Debugging अन गर्नुहोस् र त्यहाँ दिइएको आईपी एड्रेस र पोर्ट प्रयोग गरी adb pair ipaddr:port कमान्डमार्फत फोन जोड्न सकिन्छ।
सावधानी: कुनै पनि सिस्टम एप हटाउनु अघि त्यो एप फोन चल्नका लागि कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा निश्चित गर्नुहोस्। यदि झुक्किएर मुख्य सिस्टम एप हट्यो भने फोन चल्नमा समस्या हुन सक्छ। यस्तो अवस्थामा फोनलाई 'फ्याक्ट्री रिसेट' गर्दा हटाइएका एपहरू पुनः फिर्ता आउनेछन्।
यो सफ्टवेयरको प्रयोग गर्न केही सामान्य प्राविधिक प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ ।
यसले 'डेभलपर अप्सन' खोल्छ । त्यहाँ भित्र गएर USB Debugging लाई अन गर्नुहोस् ।
अब एउटा राम्रो डेटा केबलको सहयोगले फोनलाई आफ्नो कम्प्युटर वा ल्यापटपमा जोड्नुहोस् । कम्प्युटरमा UAD-NG सफ्टवेयर खोल्नुहोस् । यसले तपाईँको फोनमा भएका सबै एपहरूको सूची देखाउँछ ।
यो सफ्टवेयरको सबैभन्दा राम्रो पक्ष भनेको यसले एपहरूलाई सुरक्षाको स्तर अनुसार वर्गीकरण गरिदिएको छ । जसले गर्दा प्रयोगकर्ताले कुन एप हटाउनु सुरक्षित हुन्छ र कुन हुँदैन भन्ने कुरा सजिलै थाहा पाउन सक्छन् ।
Recommended भनेर उल्लेख गरिएका एपहरू हटाउँदा फोनलाई कुनै असर पर्दैन । यी पूर्ण रूपमा अनावश्यक एपहरू हुन् । त्यस्तै Advanced र Expert एपहरू हटाउँदा फोनका केही विशेष फिचरहरूमा असर पर्न सक्छ ।
यस बाहेक Unsafe मा उल्लेख गरिएका एपहरू हटाउँदा फोन बन्द हुने वा चल्दै नचल्ने (Boot loop) जोखिम उत्पन्न हुन्छ ।
यदि प्रयोगकर्ताले झुक्किएर कुनै महत्त्वपूर्ण एप हटाएमा यो सफ्टवेयरमा रहेको Restore बटन थिचेर त्यसलाई तुरुन्तै फिर्ता ल्याउन सकिन्छ ।
विशेषज्ञहरूका अनुसार एन्ड्रोइड सिस्टमका मुख्य भागहरू (System UI, Framework), गुगल प्ले सर्भिस, सिम कार्डसँग सम्बन्धित क्यारियर सर्भिस र फिङ्रप्रिन्ट वा क्यामेरा जस्ता हार्डवेयर चालकहरू हटाउनु हुँदैन । यी एपहरूले फोनको आधारभूत कार्य सञ्चालन गर्ने हुनाले यिनलाई चलाउँदा फोन नै काम नलाग्ने हुन सक्छ ।
समग्रमा एन्ड्रोइड फोनलाई सफा र छरितो बनाउन चाहने तर प्राविधिक जटिलताबाट बच्न चाहने सामान्य प्रयोगकर्ताका लागि यो विधि एउटा उत्कृष्ट विकल्पको रूपमा आएको छ । यसले प्रयोगकर्तालाई आफ्नो महँगो डिभाइसमाथि वास्तविक नियन्त्रण प्रदान गर्दछ ।
पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ १९:२०
