ग्लोबल आइएमई बैङ्कबाट वैदेशिक अध्ययन, भिसा र परीक्षा शुल्क तिर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
फागुन ५, २०८२ १३:१
काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैङ्कले अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्क जस्ता अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनको भुक्तानीमा यस्तो छुट दिने भएको हो ।
बैङ्कका अनुसार नेपाली विद्यार्थीहरूलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीलाई यसमा समेटिएको छ । जसमा आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, यूएसएमएलई, कलेज फि, भिषा शुल्क, बीमा शुल्क लगायतका विभिन्न सेवा वापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ ।
यो योजना अन्तर्गतको छुट ३१ जुलाई, २०२६ सम्म लागु हुने बताइएको छ । ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै बैङ्कले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ । यो योजनाअन्तर्गतको छुट तथा सेवा उपलब्ध हुने बैङ्कका शाखा कार्यालय सम्बन्धी विवरण बैङ्कको वेबसाइटमा उपलब्ध छ ।
ग्लोबल आईएमई बैङ्क ग्लोबल फाइनान्सको बेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क होे ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १३:१
