सामसङको ह्याण्ड राइजर अफर सार्वजनिक, ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङमा २१ हजारसम्मको लाभ
फागुन १२, २०८२ १९:१७
काठमाडौँ । सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोन आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै ग्राहकहरूका लागि आकर्षक ‘ह्याण्ड राइजर’ नामक प्रि-रिजर्भ अफर सार्वजनिक गरेको छ । यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दै अधिकतम २० हजार ९९९ रुपैयाँसम्मका विशेष लाभ प्राप्त गर्न सक्नेछन् ।
प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान् प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन् । प्रि–रिजर्भ गर्ने ग्राहकहरूले एक टीबीसम्मको मेमोरी अपग्रेड (१५ हजार रुपैयाँ बराबरसम्म) वा ६० वाट फास्ट चार्जर (५ हजार ९९९ रुपैयाँ बराबरसम्म) पाउन सक्नेछन् ।
यो एक्स्चेन्ज सुविधा ग्यालेक्सी एस २३, एस २४ तथा एस २५ तथा आईडीभाइस १४, १५ र १६ का प्रयोगकर्ताले पाउनेछन् ।
यो ह्यान्ड राइजर अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ । यस अवधिमा ग्राहकहरूले दर्ता गरी आफ्नो योग्य डिभाइस एक्स्चेन्ज र एआई–पावर्ड नयाँ स्मार्टफोन स्मार्ट मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन् ।
सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणयरत्न स्थापितले आफ्ना निष्ठावान् ग्राहकहरूलाई प्रतिफल दिने चाहना अनुरूप यो अफर ल्याइएको बताए । “उहाँहरूले हाम्रो नवीनतम इनोभेसनमा अपग्रेड गर्ने तयारी गर्दा प्रारम्भिक पहुँच र थप मूल्य प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो । यो कार्यक्रम नेपालका उपभोक्ताहरूलाई स्मार्ट प्रविधि, अर्थपूर्ण लाभ तथा सहज अपग्रेड अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतिविम्ब हो ।”
ग्राहकहरूले सामसङ क्याम्पेनको वेबसाइट samsungcampaigns.com मा गई Hand Raiser अफर select गरी आफ्नो विवरण बुझाएर तथा एक्स्चेन्ज दर्ता प्रक्रिया पूरा गरेर आफ्नो प्रि–रिजर्भेसन सुनिश्चित गर्न सक्नेछन् ।
ह्यान्ड राइजर अफरमा सहभागी हुने तरिका
-
https://samsungcampaigns.com मा जानुहोस् ।
-
Hand Raiser अफर अन्तर्गत Register Now बटनमा क्लिक गर्नुहोस् ।
-
आफूले चाहेको रिटेलर चयन गर्नुहोस् ।
-
अब आफ्नो विवरणहरू भर्नुहोस्, जसमा तपाईंले किन्ने डिभाइस भेरियन्ट र एक्स्चेन्ज गर्न चाहेको डिभाइस समावेश गर्नुहोस् र Submit मा क्लिक गर्नुहोस् ।
-
यति गरिसकेपछि प्रि–कन्डिसनहरू निरीक्षण गर्नुहोस् र आफ्नो तत्कालीन डिभाइसको अवस्था पुष्टि गर्नुहोस् ।
-
Hand Raiser अफर लाइभ भएपछि पुनः क्याम्पेनको वेबसाइटमा जानुहोस् र प्राप्त ओटीपी राख्नुहोस् ।
-
प्रि–अर्डर फर्म पूरा गरी Submit गर्नुहोस् । त्यसपछि तपाईँ अर्को OTP प्राप्त गर्नु हुनेछ ।
-
नयाँ Galaxy स्मार्टफोन आइपुगेपछि चयन गरिएको रिटेलरमा ओटीपीसहित जानुहोस् र आफ्नो डिभाइस प्राप्त गर्नुहोस् ।
यसका साथै सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सञ्चालन गरेको सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै किन्न सक्नेछन् । यसमा शून्य प्रतिशत ब्याज, शून्य प्रतिशत डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ता अवधि सहितका सजिला ईएमआई विकल्प उपलब्ध छन् । यो प्रक्रिया सरल छ र यसका लागि केवल नागरिकताको प्रमाणपत्र भए पुग्छ ।
पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ २०:१२
