close

आज राति सामसङ ग्यालेक्सी अनप्याक्ड इभेन्ट, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

फागुन १३, २०८२ १७:४५

आज राति सामसङ ग्यालेक्सी अनप्याक्ड इभेन्ट, यसरी हेर्नुहोस् लाइभ

काठमाडां । सामसङले आज अर्थात २५ फेब्रुअरी बुधबार ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गर्दैछ । सामसङ ग्यालेक्सी एस२६ सिरिजका स्मार्टफोन सार्वजनिक हुने अपेक्षा गरिएको कार्यक्रम नेपाली समय अनुसार राति ११:४५ बजे प्रत्यक्ष प्रसारण हुनेछ ।

कार्यक्रममा सामसङले मोबाइल प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गर्नुका साथै ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गर्नेछ । विशेषगरी स्मार्टफोनमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोगमा नयाँ आयाम हेर्न पाइने अनुमान गरिएको छ ।

कार्यक्रममा विषयमा बोल्दै सामसङ नेपालका एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी अनप्याक्डले हाम्रो अर्थपूर्ण नवप्रवर्तक प्रति प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ, जसले दैनिक जीवनलाई अझ सहज बनाउँछ । यस कार्यक्रमबाट हामी यस्तो प्रविधि प्रस्तुत गर्न उत्साहित छौं, जुन केवल शक्तिशाली नभई प्रयोगकर्ताहरूको आवश्यकतासँग बुद्धिमानीपूर्वक अनुकूलन गर्छ र उनीहरूको अनुभवलाई पहिलाभन्दा अझ सहज र व्यक्तिगत बनाउँछ ।”

कम्पनीका अनुसार यो कार्यक्रम सामसङको आधिकारिक वेबसाइट र युट्युबमा प्रत्यक्ष प्रसारण हुनेछ।

 

पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ १७:५३