close

सामाजिक सञ्जालले घृणा र तुच्छ कुरालाई मात्र भाइरल बनाउँछ: सभापति थापा

टेकपाना टेकपाना

फागुन १५, २०८२ १८:४०

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालले रचनात्मक विषयभन्दा घृणा र नकारात्मक कुरालाई बढी प्रश्रय दिने बताएका छन् । शुक्रबार कास्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सामाजिक सञ्जालमा केवल भिड्ने प्रवृत्तिले समाजलाई फाइदा नपुग्ने भन्दै त्यसको आलोचना गरेका हुन् ।

उनले सामाजिक सञ्जाल प्रायः घृणा फैलाउनेहरूको पक्षमा हुने गरेको दाबी गरे । “तपाईंहरू केवल सामाजिक सञ्जालमा भिडेर मात्र हुँदैन । सामाजिक सञ्जाल सामान्यतया जहिले पनि जसले घृणा फैलाउँछ, उसैको पक्षमा हुन्छ,” थापाले भने ।

नकारात्मक कुराहरू छिट्टै ‘भाइरल’ हुने बताउँदै उनले उदाहरण समेत दिए । उनले भने, “अहिले मैले यहाँ आएर दुई जनालाई गाली गरेँ वा केही तुच्छ कुरा बोलेँ भने बेलुकासम्म त्यो भाइरल हुन्छ । त्यो कन्टेन्ट बन्छ । तर, म प्रेमको कुरा गर्छु, सिर्जना र विकासको कुरा गर्छु । म मिलाउने कुरा गर्छु ।”

पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ १९:१७