close

रवि लामिछानेको फेसबुक अकाउन्ट गायब, कारण के होला ?

टेकपाना टेकपाना

फागुन १९, २०८२ ९:३३

रवि लामिछानेको फेसबुक अकाउन्ट गायब, कारण के होला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजप्रोफाइल एकाएक गायब भएको छ । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको आधिकारिक फेसबुक अकाउन्ट नदेखिने भएको हो ।

सोमबार राति लामिछानेले फेसबुकमार्फत मतदातालाई भोट माग्दै भिडिओ पोस्ट गरेका थिए । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट र शेयर गर्न पाइने छैन । सामाजिक सञ्जालमा यसअघि राखिएका विज्ञापन र प्रचार सामग्रीहरू समेत हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ ।

यही कारण लामिछानेले फेसबुक डिएक्टिभेट/अनपब्लिस गरेका हुन् वा अन्य कारण के हो भन्ने खुलेको छैन । उनको आईडी सर्च गर्दा 'This content isn't available right now' भन्ने सन्देश देखापर्छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ ९:५३