close

युद्धले अशान्त मध्यपूर्वीका नेपालीहरूको आपत्कालीन उद्धारका लागि सूचना सङ्कलन गर्न छुट्टै पोर्टल

टेकपाना टेकपाना

फागुन २०, २०८२ १३:४२

युद्धले अशान्त मध्यपूर्वीका नेपालीहरूको आपत्कालीन उद्धारका लागि सूचना सङ्कलन गर्न छुट्टै पोर्टल

काठमाडौँ । इरान र अमेरिका तथा इजराइलबिच युद्ध चर्किएपछि अशान्त बनेको मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीहरूको सूचना सङ्कलन गर्न सरकारले छुट्टै वेबपोर्टल तयार पारेको छ ।

आपत्कालीन उद्धारका लागि परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले यस्तो व्यवस्था गरेको हो ।

विभागले तयार पारेको यो वेबसाइटमार्फत् मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूले आफ्नो अवस्था सम्बन्धी विवरण भर्न सक्नेछन् ।

यहाँ क्लिक गरी कन्सुलर सेवा विभागको पोर्टलमा गएर सुरुमा आफ्नो राहदानी नम्बर र जन्म मिति राखेर फाराम भर्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १३:४७