close

प्रदिप ज्ञवालीले ‘रास्वपाबाट धोका भयो, बालेन उठ्ने थाहा पाएको भए ओलीलाई अन्तैबाट उठाउँथ्यौँ’ भनेका होइनन्

टेकपाना टेकपाना

फागुन २५, २०८२ १९:१९

प्रदिप ज्ञवालीले ‘रास्वपाबाट धोका भयो, बालेन उठ्ने थाहा पाएको भए ओलीलाई अन्तैबाट उठाउँथ्यौँ’ भनेका होइनन्

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा आफ्नो नाम र एक अनलाइन सञ्चारमाध्यमको लोगो प्रयोग गरी फैलाइएको खबर पूर्णतः झुटो र भ्रमपूर्ण रहेको स्पष्ट पारेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै नेता ज्ञवालीले यसलाई मिथ्या प्रचार र भ्रमको एउटा विद्रूप उदाहरण भनेका छन् ।

के थियो भाइरल सामग्री ?

सामाजिक सञ्जालमा अनलाइनखबरको लोगो र ज्ञवालीको तस्बिर राखेर एउटा ‘कोट कार्ड’ भाइरल बनाइएको छ । जसमा लेखिएको थियो- "रास्वपाबाट हामीलाई धोका भयो । बालेन त्यहाँबाट उठ्ने थाहा पाएको भए हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई अरुतिरबाटै उठाउने थियौँ ।"

उक्त भाइरल सामग्रीको तस्बिर शेयर गर्दै ज्ञवालीले अनलाइनखबरसँग लामो समयदेखि आफ्नो कुनै कुरा नभएको र उक्त सञ्चारमाध्यमले पनि त्यस्तो केही प्रकाशन नगरेको बताएका छन् ।

“न अनलाइन खबरसँग विगत लामो समयदेखि मेरो कुनै कुरा भएको छ, न उसले यस्तो केही प्रकाशन नै गरेको छ । बस्, कसैको लोगो प्रयोग गर्यो र मन लागेको लेखिदियो, अनि भ्रम छर्यो । लगे रहो मुन्ना भाइ,” ज्ञवालीले लेखेका छन् । 

पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १६:३०