close

७००० एमएएच ब्याट्री र १२० हर्ज एमोलेड डिस्प्ले भएको ‘ओप्पो ए६’ नेपाली बजारमा, मूल्य ३९ हजार

टेकपाना टेकपाना

फागुन २८, २०८२ १५:६

७००० एमएएच ब्याट्री र १२० हर्ज एमोलेड डिस्प्ले भएको ‘ओप्पो ए६’ नेपाली बजारमा, मूल्य ३९ हजार

काठमाडौँ । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘ओप्पो ए६’ सार्वजनिक गरेको छ । ७००० एमएएचको ठुलो ब्याट्री, १२० हर्ज एमोलेड डिस्प्ले र पानीमुनि समेत फोटो खिच्न सकिने क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ओप्पो ए६ मा प्रयोग गरिएको ब्याट्रीले प्रयोगकर्तालाई लामो समयसम्म मोबाइल चलाउने सुविधा दिनेछ । यसलाई फास्ट चार्ज गर्न ४५ वाटको सुपरभुक फास्ट चार्जिङ प्रविधि समावेश गरिएको छ । साथै, यसमा रहेको ‘रिभर्स वायर्ड चार्जिङ’ सुविधामार्फत अन्य मोबाइल समेत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

फोनमा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड अल्ट्रा-ब्राइट डिस्प्ले छ, जसको अधिकतम ब्राइटनेस ११२५ निट्ससम्म पुग्छ । यसले गर्दा चर्को घाममा पनि स्क्रिन प्रस्ट देखिने र भिजुअल अनुभव उत्कृष्ट हुने दाबी गरिएको छ ।

सुरक्षाका लागि फोनले आईपी६९ वाटर तथा डस्ट रेसिस्टेन्स रेटिङ पाएको छ । यस प्रविधिले गर्दा प्रयोगकर्ताले पानीभित्र समेत सहजै फोटोग्राफी र भिडियोग्राफी गर्न सक्ने कम्पनीले जनाएको छ । क्यामेराको कुरा गर्दा यसमा ५० मेगापिक्सेलको एआई मुख्य क्यामेरा रहेको छ ।

पर्फर्मेन्सका लागि ६ एनएम स्न्यापड्रागन चिपसेट प्रयोग गरिएको छ । गेमिङ अनुभवलाई सुधार्न एआई गेमबुस्ट, एआई लिंकबुस्ट ३.० र फोनलाई तात्न नदिन ‘सुपरकुल भीसी कुलिङ सिस्टम’ राखिएको छ ।

कम्पनीले यस फोनमा ६० महिना अर्थात् पाँच वर्ष सम्मको ‘स्मुथ फ्लुएन्सी प्रोटेक्सन’ सुनिश्चित गरेको छ । यो सुविधाले फोनलाई लामो समयसम्म ह्याङ हुनबाट जोगाउने ओप्पोको दाबी छ ।

नेपाली बजारमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध यस फोनको मूल्य ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ । ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गरी शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ १५:१६