close

गोरखामा टेलिफोन नेटवर्कको समस्या समाधान गर्न सुदन गुरुङको टेलिकमलाई ज्ञापनपत्र

टेकपाना टेकपाना

फागुन २८, २०८२ १८:५५

गोरखामा टेलिफोन नेटवर्कको समस्या समाधान गर्न सुदन गुरुङको टेलिकमलाई ज्ञापनपत्र

काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुदन गुरुङले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा देखिएको टेलिफोन नेटवर्कको समस्या समाधान गर्न माग गर्दै नेपाल टेलिकमलाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार टेलिकमको कार्यालय पुगेर गुरुङले गोरखाका दुर्गम तथा ग्रामीण भेगका नागरिक अझै पनि सञ्चार पहुँचबाट वञ्चित रहेको भन्दै तत्काल टावर निर्माण र सेवा विस्तारका लागि ध्यानाकर्षण गराएका हुन् ।

गुरुङले आरुघाट, फिनाम, माछीखोला, यार्सा, सिरानचोक, ताङज्याङटार लगायतका क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको उल्लेख गरे । 

हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका हुन् ।

 

पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ १९:३८