१२ चैतदेखि एमएडब्लू वृद्धिको एक्सचेन्ज कार्निभल, पुराना गाडी साटेर ईभी चढ्न पाइने
चैत ५, २०८२ १४:७
काठमाडौँ । एमएडब्लू वृद्धिले आफ्ना विद्युतीय गाडी (ईभी) ब्रान्डहरू दीपल, अवतार, नामी र सेरेसलाई एउटै मञ्चमा समेटेर देशव्यापी ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ । आगामी १२ चैतदेखि १४ चैतसम्म सञ्चालन हुने यस मेलामा ग्राहकले पुराना गाडी साटेर आधुनिक प्रविधिका ईभीमा अपग्रेड हुनसक्ने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज कार्निभलमा सहभागी हुने ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीको उच्चतम बजार मूल्यांकन र उत्कृष्ट एक्सचेन्ज बोनस प्राप्त गर्ने एमएडब्लूको दाबी छ । साथै निःशुल्क बिमा, चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो ‘एक्सटेन्डेड वारेन्टी’ जस्ता सुविधा समेत प्रदान गरिने जनाइएको छ ।
काठमाडौँ उपत्यकाभित्र ग्राहकको सहजताका लागि तीन स्थानमा यो कार्यक्रम आयोजना गरिनेछ । गैरीधारास्थित सिल्भरओक ब्याङ्क्वेट, ललितपुरको पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुरको राधेराधेस्थित हेरिटेज प्यालेसमा कार्निभल सञ्चालन हुनेछ । उपत्यकाबाहिर दीपल, नामी र सेरेसका देशभर रहेका आधिकारिक शोरुमहरूमा यो मेला आयोजना हुनेछ ।
पछिल्लो अध्यावधिक: चैत ५, २०८२ १४:१५
