काठमाडौँ । नेपाली चलचित्र क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै विश्वबजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ चलचित्र विकास बोर्डले दुई विषयमा तालिम सुरु गरेको छ । बोर्डले सोमबारदेखि एआई (आर्टफिसियल इन्टेलिजेन्स) फिल्ममेकिङ र ड्रोन तालिम सुरु गरेको हो ।
नेपाल एआई फिल्म अलायन्ससँगको सहकार्यमा सञ्चालित एआई तालिममा १५१ जना प्रशिक्षार्थी सहभागी छन् । तालिममा सहभागीहरूलाई एआई प्रविधि प्रयोग गरी चलचित्रको स्क्रिप्ट लेखनदेखि स्क्रिनसम्मको सम्पूर्ण निर्माण प्रक्रियाबारे प्रशिक्षण दिइने बोर्डले जनाएको छ ।
त्यसैगरी, १० दिनसम्म चल्ने ड्रोन तालिममा २५ जना सहभागी छन् । यस तालिममा सहभागीहरूलाई सिनेम्याटिक ड्रोनको प्रयोग र एरियल छायांकनका प्राविधिक सीपहरू सिकाइने बताइएको छ ।
तालिम प्रदान गर्न भारतको वायुरगाथा कम्पनीका सीटीओ सहितका अन्तर्राष्ट्रिय प्रशिक्षक र नेपालका अनुभवी विज्ञहरूको टोली खटिएको बोर्डले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत १०, २०८२ १५:४०
