close

आगामी आईफोनमा २०० मेगापिक्सेलको क्यामेरा ? एप्पलले थाल्यो ठुलो सेन्सरको परीक्षण

टेकपाना टेकपाना

चैत १२, २०८२ १५:३८

आगामी आईफोनमा २०० मेगापिक्सेलको क्यामेरा ? एप्पलले थाल्यो ठुलो सेन्सरको परीक्षण

काठमाडाैँ । एन्ड्रोइड स्मार्टफोनहरूले केही समयदेखि २०० मेगापिक्सेलका सेन्सर उपलब्ध गराउँदै आए तापनि एप्पलले अहिलेसम्म आईफोनमा यस्तो सेन्सर प्रयोग गरेको छैन । हालै बाहिरिएको एउटा नयाँ हल्लाअनुसार भने यो अवस्था चाँडै परिवर्तन हुन सक्छ ।

चीनको सामाजिक सञ्जाल वेइबोमा एक पोस्ट गर्दै टिपस्टर ‘डिजिटल च्याट स्टेसन’ ले सप्लाई चेनका स्रोतहरूलाई उद्धृत गर्दै एप्पलले भविष्यको आईफोनका लागि ठुलो २०० मेगापिक्सेलको सेन्सर परीक्षण गरिरहेको दाबी गरेको छ ।

टिपस्टरका अनुसार एप्पलले १/१.१२ इन्चको सेन्सरको मूल्याङ्कन गरिरहेको छ । यो ठ्याक्कै त्यस्तै सेन्सर हो, जुन आगामी ओप्पो फाइन्ड एक्स नाइन अल्ट्रा (Oppo Find X9 Ultra) मा डेब्यु हुने अपेक्षा गरिएको छ ।

ओप्पोको उक्त फोनमा दुई ओटा २०० मेगापिक्सेलका क्यामेराहरू हुने चर्चा छ । एप्पलले यो सेन्सरलाई टेलिफोटो लेन्सको सट्टा मुख्य रियर क्यामेराको लागि परीक्षण गरिरहेको बताइएको छ ।

टिपस्टरले यो सेन्सर अर्को वर्ष व्यावसायिक रूपमा उपलब्ध हुने अपेक्षा गरिएको जानकारी पनि दिएका छन् । यसको अर्थ अर्को आईफोनमै २०० मेगापिक्सेलको मुख्य क्यामेरा हुन्छ नै भन्ने चाहिँ निश्चित छैन ।

यसैबिच, ‍भिभो एक्स३०० अल्ट्रामा दुई ओटा २०० मेगापिक्सेलको क्यामेरा सेटअप रहने कुरा पुष्टि भइसकेको छ । यसले मुख्य क्यामेराको लागि २०० मेगापिक्सेलको सोनी लिटिया-९०१, १/१.१२ इन्चको सेन्सर र पेरिस्कोप टेलिफोटोका लागि २०० मेगापिक्सेलको 'सामसङ एचपी० सेन्सर प्रयोग गर्ने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १५:३८