close

एमएडब्लू वृद्धिको एक्स्चेन्ज कार्निभल सुरु, पुराना गाडीसँग दीपल, नामी, अवतार र सेरेस ईभी साट्न पाइने

टेकपाना टेकपाना

चैत १२, २०८२ १७:५३

एमएडब्लू वृद्धिको एक्स्चेन्ज कार्निभल सुरु, पुराना गाडीसँग दीपल, नामी, अवतार र सेरेस ईभी साट्न पाइने

काठमाडौँ । एमएडब्लू वृद्धिले देशव्यापी मेगा एक्स्चेन्ज कार्निभल सुरु गरेको छ ।  कम्पनीले आफ्ना ईभी ब्रान्डहरू दीपल, अवतार, नामी र सेरेस एकै ठाउँमा राख्दै कार्निभल आयोजना गरेको हो । 

बिहीबारदेखि सुरु भएको कार्निभलमा प्रविधि र डिजाइनमा उत्कृष्ट ईभीमा अपग्रेड हुन चाहने ग्राहकको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ । यो कार्निभल काठमाडौँको सिल्भरओक, पुल्चोकको संस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस र काठमाडौँ बाहिर दिपल र नामीका आ-आफ्ना शोरुमा शनिबारसम्म चल्नेछ ।

मेगा एक्स्चेन्जमा ग्राहकले नगद छुट, पुराना सवारीसाधनको उच्चतम मूल्याङ्कन, उत्कृष्ट एक्स्चेन्ज बोनस, निःशुल्क बीमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्स्टेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार कार्निभलको पहिलो दिनमै प्राप्त ग्राहकको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचीलाई प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ । उत्सवमय वातावरणलाई थप आकर्षक बनाउन कानिर्भलमा रोबोटिक शो, किड्स जोन, विभिन्न खेल र फुड स्टलहरू समेत राखिएका छन् ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १७:५७