काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले अब २४ घण्टामै नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छापिने दाबी गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सामाजिक सञ्जाल पेजमार्फत मन्त्री तिमिल्सिनाको यस्तो भनाइ सार्वजनिक भएको हो ।
उनका अनुसार नयाँ सवारी चालक अनुमतिपत्र आवेदनको हकमा सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डेटा प्राप्त भएको २४ घण्टाभित्रै छपाई गरी उपलब्ध गराउनेछ ।
साथै हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ सालको असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने समेत उनले बताएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ १४:२८
