close

फोरजी सेवाको गुणस्तर सुधार्न ३० दिनभित्र थप फ्रिक्वेन्सी उपलब्ध गराइने

टेकपाना टेकपाना

चैत २३, २०८२ २०:१४

फोरजी सेवाको गुणस्तर सुधार्न ३० दिनभित्र थप फ्रिक्वेन्सी उपलब्ध गराइने

काठमाडौँ । सरकारले देशभर सञ्चालनमा रहेको फोरजी मोबाइल सेवाको गुणस्तर सुधार गर्न सेवाप्रदायकहरूलाई थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको १० बुँदे प्रमुख सुधारात्मक कार्यक्रमअन्तर्गत आगामी ३० दिनभित्र नीतिगत व्यवस्था परिमार्जन गरी थप फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय भएको हो ।

फोरजी इन्टरनेटको पहुँच विस्तार भए पनि गति र गुणस्तर कमजोर रहेको भन्दै उपभोक्ताहरूबाट बारम्बार गुनासो आउने गरेको छ । मन्त्रालयले यसै समस्यालाई सम्बोधन गर्न फ्रिक्वेन्सी वितरण सम्बन्धी विद्यमान नीतिगत व्यवस्थालाई ३० दिनभित्र पुनरावलोकन गरी परिमार्जन गर्ने लक्ष्य राखेको छ ।

थप फ्रिक्वेन्सी प्राप्त गरेपछि दूरसञ्चार सेवाप्रदायकहरूले नेटवर्कको क्षमता विस्तार गर्न सक्ने र उपभोक्ताले उच्च गतिको गुणस्तरीय इन्टरनेट सेवा पाउने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकको गत १३ चैतको निर्णय बमोजिम ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ कार्यान्वयन गर्न सञ्चार मन्त्रालयले यो सुधारको मार्गचित्र अघि सारेको हो ।

 

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ २०:१४