नयाँ वर्षमा हायरको अफर, निःशुल्क गिफ्टदेखि बम्पर उपहारमा ६५ इन्चको एलईडी टिभी
चैत २४, २०८२ १६:५५
काठमाडौँ । नयाँ वर्षको अवसर पारेर होम अप्लायन्स ब्रान्ड हायरले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना फ्रिज, वाशिङमसिन, टिभी लगायतका घरायसी उपकरणको खरिदमा फ्री गिफ्ट, क्याशब्याकका साथै बम्पर उपहार ल्याएको हो ।
अफरअनुसार रेफ्रिजेरेटर (फ्रिज) मा सिङ्गल डोर किन्दा महाराजा ड्राइ आइरन, डबल डोर फ्रिज किन्दा महाराजा स्टिम आइरन र साइड वाइ साइड फ्रिजको खरिदमा हायर बान्डकै ५० लिटरको फ्रिज उपहार स्वरूप पाउन सकिनेछ । त्यस्तै वाशिङ मसिन खरिद गर्ने ग्राहकका लागि पनि विशेष उपहारको व्यवस्था गरिएको छ । सेमि-अटो वा टप लोड वाशिङ मसिन खरिदमा महाराजा ड्राइ आइरन पाउन सकिनेछ भने फ्रन्ट लोड वाशिङ मसिन खरिद गर्दा महाराजाको ५०० वाटको मिक्स्चर ग्रान्डर– नोभेलो उपहार स्वरूप प्राप्त हुनेछ ।
यसका साथै एयर कन्डिसनर (एसी) खरिदमा ग्राहकले तीन हजार मूल्य बराबरको जडान सुविधा निःशूल्क पाउने कम्पनीले जनाएको छ । साथै चेस्ट फ्रिजर र भीसी कुलर खरिद गर्ने ग्राहकले तोकिएको मूल्यमा २० प्रतिशतसम्म क्याशब्याक पाउनेछन् । त्यस्तै, माइक्रोवेभ ओभन र एलईडी टीभी खरिद गर्दा तोकिएको बजार मूल्यमा २० प्रतिशतसम्म क्याशब्याक उपलब्ध हुनेछ ।
हायरले नयाँ वर्षको अफरलाई अझ रोचक बनाउन ‘बम्पर अफर’ पनि ल्याएको छ । यसअन्तर्गत साप्ताहिक ‘लक्की ड्र’ मार्फत विजेतालाई महाराजा मिक्स्चर ग्राइन्डर उपहार प्रदान गरिनेछ । त्यस्तै ‘ग्राण्ड प्राइज’ अन्तर्गत भाग्यशाली विजेताले हायरको ६५ इन्चको एलईडी टिभी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यस बाहेक ‘शेयर एन्ड विन’ अफरअन्तर्गत ग्राहकहरूले हायरको सिङ्गल डोर फ्रिज जित्न सक्नेछन् । यसका लागि भने तपाईँले हायरको पोस्ट आफ्नो फेसबुक तथा इन्स्टाग्राममा शेयर गर्नुपर्ने हुन्छ । यो अफर २३ चैत्र अर्थात् सोमबारदेखि सुरु भएर सीमित अवधिका लागिमात्रै कायम हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफरले नयाँ वर्षमा ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै थप लाभ प्रदान गर्नेछ । साथै यसले ग्राहकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने अपेक्षा समेत कम्पनीले व्यक्त गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १७:३३
