close

विज्ञान र प्रविधि विकासको मेरुदण्ड हो, थाहा छैन भने संसद्‌मा १ घण्टाको भाषण दिन सक्छु- पुन

टेकपाना टेकपाना

चैत २५, २०८२ १६:१३

विज्ञान र प्रविधि विकासको मेरुदण्ड हो, थाहा छैन भने संसद्‌मा १ घण्टाको भाषण दिन सक्छु- पुन

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले नेपालको अर्थतन्त्र बलियो बनाउन विज्ञान र प्रविधिलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले देशको विकासका लागि अनुसन्धान र नवप्रवर्तनमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् ।

“मेरो अहिलेसम्मको सङ्घर्ष र अभियान भनेकै नेपालको अर्थव्यवस्था सुधार्नु हो,” उनले भने, “त्यसको लागि विज्ञान र प्रविधिलाई नम्बर वन प्राथमिकतामा राखेर अनुसन्धान र नवप्रवर्तनमा विशेष लगानी गर्नुपर्छ । यसका लागि छुट्टै कोष र एउटा सशक्त मन्त्रालय निर्माण हुनुपर्छ ।”

राष्ट्रिय ‍आविष्कार केन्द्रका संस्थापक एवम् पूर्व शिक्षा तथा विज्ञान प्रविधिमन्त्री समेत रहेका पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको महत्व बुझ्न आवश्यक रहेको औंल्याए । “यदि विज्ञान र प्रविधि के हो र यसले कसरी काम गर्छ भन्ने थाहा छैन भने, म यो संसदमा एक घण्टासम्म भाषण दिन तयार छु ।”

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १६:१८