close

खाद्य र दाना उद्योगको अनुमतिपत्र अब अनलाइनबाटै, ‘नेफिल्स’ प्रणाली प्रयोग गर्न विभागको आग्रह

टेकपाना टेकपाना

बैशाख १, २०८३ २०:१९

खाद्य र दाना उद्योगको अनुमतिपत्र अब अनलाइनबाटै, ‘नेफिल्स’ प्रणाली प्रयोग गर्न विभागको आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना उद्योगको दर्ता, अनुमतिपत्र जारी तथा नवीकरणका लागि सञ्चालित अनलाइन प्रणाली प्रयोग गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । विभागले ‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ सञ्चालनमा आइसकेको जानकारी दिँदै सम्पूर्ण सेवाग्राहीलाई अनलाइनमार्फत सेवा लिन सूचित गरेको हो । 

समयको बचत गर्न र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले विभाग तथा मातहतका कार्यालयहरूबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाइएको विभागले जनाएको छ । 

यस प्रणालीमार्फत उद्योग स्थापनाका लागि आवश्यक सिफारिसपत्र लिन, नयाँ अनुमतिपत्र वा अनुज्ञापत्र लिन, नवीकरण गर्न, उत्पादन थप गर्न र अनुमतिपत्र खारेजीसम्बन्धी कार्य गर्न सकिनेछ ।

विभागका अनुसार सेवा लिन इच्छुक व्यक्ति वा संस्थाले यो लिङ्कमा गएर रजिस्टर गर्न सक्नेछन् । प्रणाली प्रयोग गर्दा कुनै समस्या भएमा वेबसाइटमा रहेको ‘युजर गाइड’ हेर्न सकिने विभागले जनाएको छ ।


 

पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ २०:२१