याडिया इलेक्ट्रिक स्कुटर खरिदमा शून्य प्रतिशत ईएमआई सुविधासँगै उपहार पाइने
बैशाख ४, २०८३ २१:३९
काठमाडौँ । नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले १ वैशाखदेखि लागु हुने गरी शून्य प्रतिशत ईएमआई र विभिन्न उपहारसहित नयाँ वर्ष अफर घोषणा गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि मोडेलको याडिया स्कुटर खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा ईएमआई (किस्ताबन्दी) सुविधा प्राप्त गर्नेछन् । यसले गर्दा एकमुष्ट भुक्तानीको भार कम भई ग्राहकलाई विद्युतीय स्कुटरको स्वामित्व लिन अझ सहज हुने कम्पनीको विश्वास छ ।
नेपालमा विद्युतीय सवारी साधनप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै कम्पनीले सुरुवाती लागतको अवरोधलाई हटाउन यो योजना ल्याएको हो ।
"अहिले ग्राहकले विद्युतीय सवारीलाई विकल्प मात्र नभई दीर्घकालीन स्मार्ट निर्णयको रूपमा लिन थालेका छन्," कुजु नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, "यो अभियानले सुविधा, बचत र भरपर्दो प्रदर्शन खोज्ने ग्राहकको चाहनालाई सम्बोधन गर्नेछ ।"
वैशाख महिनाभर लागु हुने यो अफर देशभर रहेका याडियाका सबै शोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८३ २१:३९
