साढे ३२ हजार रुपैयाँ मूल्यमा नेपाल भित्रियो ‘ओप्पो ए६ एक्स’, केके छन् फिचर ?
बैशाख ११, २०८३ १४:४
काठमाडौँ । नेपाली बजारमा ‘ओप्पो ए६ एक्स’ मोडेलको नयाँ सार्वजनिक भएको छ । मिड रेन्ज सेगमेन्टमा लामो समय टिक्ने ब्याट्री र दैनिक प्रयोजनका लागि उत्कृष्ट पर्फमेन्सको दाबीसहित कम्पनीले यो मोडेल भित्र्याएको हो ।
यस फोनमा ६.७५ इन्चको एचडी प्लस ब्राइट डिस्प्ले रहेको छ, जसमा १२० हर्जको रिफ्रेस रेट दिइएको छ । यसले स्क्रोलिङ र गेमिङ अनुभवलाई निकै सहज बनाउने कम्पनीको दाबी छ । स्लिम डिजाइन र म्याट फिनिसमा उपलब्ध फोनालई धुलो र पानीका छिट्टाबाट जोगाउन आईपी६४ रेटिङको सुरक्षा दिइएको छ ।
फोनमा रहेको 'स्प्ल्यास टच' प्रविधिले हात भिजेको अवस्थामा पनि स्क्रिन चलाउन सघाउँछ भने 'ग्लभ टच' फिचरका कारण पञ्जा लगाएर पनि सहजै फोन चलाउन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
पर्फमेन्सका लागि यसमा ६ नानोमिटरको स्न्यापड्रागन ६८५ प्रोसेसर प्रयोग गरिएको छ । जसले मल्टिटास्किङ र एप सञ्चालनमा तीव्र गति प्रदान गर्ने कम्पनीको दाबी छ ।
कलर ओएस १५ मा आधारित यस फोनमा ६ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसमा प्रयोग गरिएको यूएफएस २.२ प्रविधिले डेटा ट्रान्सफरलाई छिटो बनाउने बताइएको छ ।
यसमा आउटडोर मोड २.०, चोरी हुनबाट जोगाउने 'थेप्ट प्रोटेक्सन' र ४८ महिनासम्म फोनको गति नघट्ने 'फ्लुएन्सी प्रोटेक्सन' जस्ता थप सुविधाहरू छन् । फोनमा ६५०० एमएएचको ब्याट्री दिइएको छ, जसलाई १५ वाटको चार्जिङले सपोर्ट गर्छ भने 'रिभर्स चार्जिङ' फिचरमार्फत अन्य डिभाइस समेत चार्ज गर्न सकिन्छ ।
नेपाली बजारमा ‘आइस ब्लु’ र ‘प्लम पर्पल’ गरी दुई रङमा उपलब्ध यो फोनको मूल्य ३२ हजार ४९९ रुपैयाँ तोकिएको छ । कम्पनीले फोन सार्वजनिक भएको अवसरमा सुरुवाती ३०० ग्राहकलाई विशेष फोन स्ट्यान्ड उपहार दिने घोषणा गरेको छ ।
यसका साथै, खरिद गरेको पहिलो महिनाभित्र समस्या देखिएमा दुई महिनासम्मको रिप्लेसमेन्ट ग्यारेन्टी (जुन २०२६ सम्मको सर्तसहित) समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ १५:५९
