close

क्रियाशील सदस्यलाई आफ्नो मोबाइल नम्बर सूचीकृत गराउन कांग्रेसको अनुरोध

टेकपाना टेकपाना

बैशाख २६, २०८३ २०:३०

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्न थालेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय कार्यालयले क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर सूचीकृत गराउन अनुरोध गरेको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार देशका सबै ६ हजार ७४३ वटै वडाहरूमा सदस्यता अद्यावधिक गर्ने कार्य भइरहेको छ ।

डिजिटल प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सदस्यहरूले आफ्नै आधिकारिक मोबाइल नम्बरबाट पार्टीको केन्द्रीय कार्यालयको मोबाइल नम्बर ९७०१२५५५५५ मा सम्पर्क गरी आफ्नो विवरण दर्ता गराउनुपर्नेछ ।

“वडा सभापतिमार्फत् क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि यसरी सूचिकृत भएका नम्बर मार्फत् फर्म भर्ने प्रक्रिया सहज र छिटो हुने समेत जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ २२:४०