close

सबै आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आवद्ध गर्ने सरकारको घोषणा

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १६:२२

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । सरकारले मुलुकको सम्पूर्ण आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आवद्ध गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थतन्त्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने योजना अघि सारेका हुन् ।

"सबै आर्थिक कारोबारलाई डिजिटल प्ल्याटफर्ममा आवद्ध गरी नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ," राष्ट्रपति पौडेलले भने ।

 

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १६:२९