close

नेपाललाई ‘टेक हब’ बनाउने सरकारको योजना

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १६:४८

नेपाललाई ‘टेक हब’ बनाउने सरकारको योजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई ‘टेक हब’ का रूपमा अघि बढाइने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर तथा सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ‘टेक हब’ का रूपमा विकास गरिने बताएका हुन् ।

उनले सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत, लगानी सहजीकरण, सरकारी सह-लगानी तथा अनुसन्धान र नवप्रवर्तनमा हुने खर्चमा कर प्रोत्साहन उपलब्ध गराइने जानकारी पनि दिए ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १६:४८