close

कम्तीमा १०० सरकारी सेवा नागरिक एपबाट उपलब्ध गराउने सरकारको योजना

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १८:१३

कम्तीमा १०० सरकारी सेवा नागरिक एपबाट उपलब्ध गराउने सरकारको योजना

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा नागरिक एपमार्फत न्यूनतम १०० सरकारी सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।

"एक पटकको विवरण सबै सेवामा प्रयोग हुने सिद्धान्तमा आधारित अन्तरसञ्चालन सक्षम सरकारी डाटाबेस विकास गरिनेछ," नीति तथा कार्यक्रममा उल्लेख छ, "सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन अन्तरआबद्ध प्रणालीमा आधारित एकीकृत डिजिटल प्लेटफर्ममार्फत ई-गभर्नेन्स प्रणाली सुदृढ गरिनेछ । न्यूनतम एक सय सरकारी सेवालाई एकीकृत 'नागरिक एप' मार्फत उपलब्ध गराइनेछ ।"

 

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १८:५३