काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्यूआर कोड’ मार्फत बस टिकटको भुक्तानी गर्न सकिने भएको छ । त्यसका लागि नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच सम्झौता भएको छ । योसँगै बसपार्कमा टिकट काट्नका लागि नगद बोकी राख्नुपर्ने झन्झटको अन्त्य भएको छ...
