काठमाडौं । पछिल्लो समय अनलाइनमा गोपनीयताको प्रश्नलाई लिएर सर्वत्र बहस चलिरहेको छ । यसैबीच प्रयोगकर्ताको गोपनीयतामा केन्द्रित रहेर सञ्चालन भइरहेको सर्च इन्जिन डकडकगोले पनि यो हप्ता नयाँ रेकर्ड राख्न सफल भएको छ ।
सञ्चालनको १२ वर्षको अवधिमा पहिलो पटक यो सर्च इन्जिनमा एकै दिनमा १० करोड सर्च क्वेरिज आएको छ । सोमबार यो नयाँ रेकर्ड राख्दै डकडकगोले गोपनीयतामा मानिसहरु सचेत भइरहेकोतर्फ प्रमाणित गरिदिएको छ ।
पछिल्लो २ वर्षयता डकडकगोका प्रयोगकर्ता बढिरहेका छन् । गत वर्षको अगस्टदेखि हरेक महिना २ बिलियनभन्दा बढी सर्च क्वेरिज आउन थालेका छन् ।
Signal is blowing all records, and DuckDuckGo just passed 100,000,000 searches in a day. Privacy is cool ? ? https://t.co/o3Oa9Pxe3m
डकडकगोको लोकप्रियता हुनुका पछाडि यो सर्च इन्जिनले आफ्नै साइटबाहेक एन्ड्रोइड र आईओएस को लागी मोबाइल एप पनि ल्याउनु हाे । त्यस्तै डेडिकेटेड क्रोम एक्सटेन्सेनका कारण पनि मानिसहरू यसप्रति विश्वास राख्छन् ।
गत वर्षकाे सेप्टेम्बरमा ४ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले यी एप र एक्सटेन्सन इन्स्टल गरेका कम्पनीले बताएकाे थियाे । अहिले याे संख्यामा समेत उल्लेख्य वृद्धि भएकाे छ ।
यो सर्च इन्जिन लोकप्रिय हुनुका पछाडि यसले अवलम्बन गरेको गोपनीयता नीति नै प्रमुख कारण हो । मुख्यतः यसले प्रयोगकर्ताको कुनै पनि डेटा संकलन गर्दैन । सर्च रिजल्टको कुरा गर्दा यसले सबै प्रयोगकर्ताका लागि समान वा उही रिजल्ट देखाउँदैन ।
कतिपय अवस्थामा डेटाको अभावले कहिलेकाँही कम्पनीलाई आफ्नै प्रयोगकर्ताको आकार अनुमान गर्नसमेत गाह्रो बनाउँदछ ।
आफ्नो गोपनीयतामा सचेत रहने प्रयोगकर्ताको भिडमा पुग्न सफल भएकाे छ । यो सर्च इन्जिन टोर ब्राउजरमा डिफल्ट रुपमा रहेकाे छ भने अन्य गोपनीयतासबन्धी ब्राउजरमा पनि डिफल्ट रूपमा राखिएकाे छ ।