close

गुगल म्यापको नयाँ सुविधा, जुन ड्राइभरलाई मन पर्छ ट्राफिकलाई पर्दैन

टेकपाना टेकपाना

कात्तिक ३, २०७६ ११:५३

गुगल म्यापको नयाँ सुविधा, जुन ड्राइभरलाई मन पर्छ ट्राफिकलाई पर्दैन

लामो यात्रामा नस्किुन पर्दा होस या आफुलाई जनाकार नभएको ठाउँमा जानुपर्दा सामान्यतया हामी गुगल म्यापको प्रयोग गर्छौ । तर, गुगल म्यापसँग अर्को एप सँगै चालाउनेको संख्या पनि कम छैन । त्यो अर्को रियल टाईम म्यापीङ प्रोग्राम ‘वेज’हो ।

नेपालमा गुगल म्याप बढी प्रभावकारी छ । किन की सामान्यतया नयाँ ठाउँ जानुपर्दा सहज हुन्छ । त्यो भन्दा अन्य सुविधा हामीले प्रयोग गर्दैनौं र अन्य सुविधा नेपालमा सर्पोट पनि नगर्न सक्छ । तर, विश्व परिवेशमा रियल टाइम म्यापीङ प्रोग्राम दुई वटै चल्छ ।

कारण गुगल म्याप केहि हदसम्म बढी प्रभावकारी र सहज पनि । गुगल तुरन्तै लोड हुुनुका साथै वैकल्पीक बाटोहरु पनि पत्ता लगाउन सहयोग गर्छ । अर्को तर्फ वेज । जुन गुगलकै स्वामित्वमा रहेको कम्पनी हो । यसमा रहेको एउटा फिचर महत्वपूर्ण रहेको छ । यसबाट एउटा ड्राइभर अन्य ड्राइभरलाई अगाडी बाटोमा भएका खतराको बारेमा जानकारी दिन सक्छन । साथै ट्राफिक चेकको बारेमा पनी जानकारी दिन्छ ।

तर, यहाँ अचम्म छ । जुन एउटा समस्या पनि हो । एकै पटक दुई वटा रियल टाईम म्यापीङ प्रोग्राम प्रयोग गर्दै हिड्न पर्ने । एउटै कम्पनीको दुई फरक एपमा भएका सुविधालाई गुगलले मर्ज गर्न सकको छैन । यदी एक ठाउँमा मर्ज गरिदिने हो भने दुई वटा एप प्रयोग गर्नपर्ने वध्यताबाट छुटकारा पाइन्छ ।

तर, यो हप्ता गुगलले केही हदसम्म यो समस्याको समधान गरेको छ । गुगलले गुगल म्यापमा नयाँ सुविधा थप गरेको छ । जसमा ड्राइभरले तत्कालै बाटोमा देखिएको खतराको जानकारी अर्को ड्राइभरलाई दिन सक्छन् । प्रहरी चेक आउन लग्यो, गति कति गर्नुपर्ने, अथवा कुन गतिमा ड्राइभ गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी दिनसक्ने बनाएको छ।

हाललाई यो केही एन्ड्रोइड फोनमा उपलब्ध गराइएको छ । आईओएर र एन्ड्रोइडका कतिपय भर्जनमा सर्पोट तत्कालै गर्ने छनै । तर, यो प्रयोगको लागि ड्राइभरहरु पैक्कै पनि उत्साहित हुनेछन । तर, यसबाट एउटा गु्रप भने खुसी छैन होला ।

त्यो हो, पुलीस । यसअघि पुलिसले वेजसँग पुलिसको लोकेसन देखाउने फिर्चसलाई बन्द गर्न आग्रह गरेको थियो । तर, वेजले उक्त सेवालाई बन्द भने गरेको छैन । अब गुगलले ल्याएको नयाँ सुविधा पनि पुलिसकै टाउको दुखाई हुनेछ ।

रोडमा तिव्र गतिमा सवारी चालउने चालकले अब पुलिस कारबाही गर्न पाउने छैन । गति तिव्र भइरहेको छ भन्ने कुरा पुलिस चेक पइन्टमा पुग्नु भन्दा अघि नै ड्राइभरले गुगल म्यापबाट थाहाँ पाउन सक्छ । जसले गर्दा ड्राइभरले समयमै आफ्नो सवारीको गति समित गरी जानसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३