close

फोन–पेबाट सारथीको भाडा तिर्दा २० रुपैयाँ छूट, दैनिक ५ सय जित्ने मौका

टेकपाना टेकपाना

माघ १, २०७६ १०:३६

फोन–पेबाट सारथीको भाडा तिर्दा २० रुपैयाँ छूट, दैनिक ५ सय जित्ने मौका

काठमाडौं । अनलाइन ट्याक्सी बुकिङको सेवा दिँदै आएको सारथीको सेवा लिने यात्रुहरुले फोन–पेमार्फत ट्याक्सीको भाडा तिर्नसक्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यात्रुहरुले विभिन्न बैंकका मोबाइल बैकिङ एप तथा ई–सेवाको एपमामार्फत ट्याक्सीमा रहने क्यूआर कोड स्क्यान गरेर भाडा तिर्नसक्ने व्यवस्था कम्पनीले मिलाएको छ ।

यसरी भाडा तिर्दा हरेक क्युआर स्क्यानको पेमेन्टमा यात्रुको खातामा २० बीस रुपैयाँ फिर्ता हुने व्यवस्था मिलाइएको सारथीले जनाएको छ । त्यति मात्र होइन फोन-पे मार्फत भाडा तिर्ने एक जना यात्रुले प्रत्येक दिन ५०० रुपैयाँ पुरस्कार समेत जित्न सक्नुहुनेछ । फोन मार्फत समेत सारथीका ट्याक्सी बुक गर्न सकिने सुविधा रहेको भए पनि पछिल्लो समय मोबाइल एपबाट बुक गर्ने प्रयोगकर्ताको संख्या उल्लेख्य छ ।

हाल सारथी अन्तरगत ३५ सय ट्याक्सी आवद्ध छन् । ०१४२१७१७१ मा फोन गरी तथा सारथीको मोबाइल एप डाउनलोड गरी सारथीका ट्याक्सी बुक गर्न सक्नुहुन्छ ।  बुक गरेको ट्याक्सी तपाईं भएकै स्थानमा लिन आइपुग्नेछ । त्यस वापत तपाईंले अतिरिक्त शूल्क व्यहाेर्नु समेत पर्दैन, नियमित भाडादरमै ट्याक्सीको यात्रा गर्न सक्नुहुनेछ ।

सारथीको मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ तथा आईफोन प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०